शुक्रबार, मंसिर ५, २०८२

बरालको ‘चेतनाको विराट यात्रा’ निबन्धसंग्रहको लोकार्पण

२० बैशाख, विराटनगर । साहित्यकार हरिप्रसाद बरालको ‘चेतनाको विराट यात्रा’ निबन्धसंग्रहको लोकार्पण गरिएको छ ।

विराट साहित्य संगमले बुधबार विराटनगरमा आयोजना गरेको कार्यक्रममा अग्रज साहित्यकार प्रमोद प्रधान, प्रा.डा. टंकप्रसाद न्यौपाने, विवश पोखरेल, खेम नेपाली, विराटनगर वडा नम्बर ११ का अध्यक्ष तीर्थेन्द्र नेउपानेलगायतले संग्रहको लोकार्पण गरेको हो । ‘चेतनाको विराट यात्रा’ निबन्धसंग्रहका बारेमा साहित्यकार हरि कट्टेल र निर्मला कोइरालाले समीक्षा गरे ।

कार्यक्रमका प्रमुख अतिथिसमेत रहेकाका अग्रज साहित्यकार प्रमोद प्रधानले नेपाली साहित्यमा निबन्ध विधाको छुट्टै महत्व र इतिहास रहेको चर्चा गरेका थिए । उनले बरालको निबन्धसंग्रह सरल भाषाशैली लेखिएको कृति भएकाले एकपटक अध्ययन गर्न सबैलाई आग्रहसमेत गरेका थिए ।

त्यस्तै लेखक हरिप्रसाद बरालले ‘चेतनाको विराट यात्रा’ निबन्धसंग्रह लेख्दाका अनुभव सुनाए । सो अवसरमा प्राज्ञ विवश पोखरेल, अग्रज साहित्यकार प्राडा टंकप्रसाद न्यौपाने, राष्ट्रियसभाका पूर्व सदस्यसमेत रहनुभएका साहित्यकार खेम नेपाली, डा. नरेन्द्र चापागाईं स्मृति प्रतिष्ठानकी संरक्षक सरला चापागाईं, सपना यादव लगायतले शुभकामना मन्तव्य व्यक्त दिएका थिए ।

 

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2025 Nigranitimes.