तरुण दलको नेताको टाउकोमा बोतल प्रहार

भदौ १२ गते, पथरी । एकआपसको झगडामा बोतल प्रहार हुदा नेपाली कांग्रेस सम्बद्द युवा संगठन तरुण दलको पथरीशनिश्चरे नगर सभापती सन्तोष कटुवाल गम्भीर घाइते भएका छन ।

बुधबार राती मोरङ पथरीशनिश्चरे नगरपालिका –१० जिरिखिम्ती स्थित पूर्बेली होटलमा राति १० बजे आफ्नै साथि सुमन कार्कीले कटुवालको टाउकोमा रक्सीको बोतल प्रहार गरी गम्भीर घाइते बनाएको इलाका प्रहरी कार्यालय पथरीका डीएसपी दिलिपकुमार गिरीले बताए ।

बोतल प्रहारबाट कटुवालको कन्चटमा १२ टाँका लागेको प्रहरीले जनाएको छ । घाइते कटुवालको पथरी स्थित पथरी हस्पिटलमा सिलाई गरी सीटी स्क्यानको लागि बिराटनगर स्थित नोबेल अस्पतालमा पठाएको डिएसपी गिरीले बताए । बोतल प्रहार गर्ने कार्की पनि तरुण दलकै कार्यकर्ता हुन । दुबैजना पथरीशनिश्चरे नगरपालिकाका हुन ।

बोतल प्रहार हुनेसाथ प्रहरी नियन्त्रणमा परेका सुमन कार्कीलाई अभद्र व्यवहारमा बिहिबार नै मुद्दा दर्ता भएको र बिरामीको अवस्थ हेरेर ज्यान मार्ने उद्योगमा मुद्दा परिणत हुनसक्ने डीएसपी गिरीले बताए । सुमन कार्की कुटपिट (अभद्र ब्यबहार) मुद्दामा फरार भइ बुधबारै जिल्ला अदालत मोरङमा धरौटी बुझाएर फर्किएको प्रहरीले जनाएको छ ।

सम्बन्धित खवर