कला

प्रायश्ना गुरुङ बनिन् ‘मिस युनिभर्स नेपाल’, विनिता ओलीलाई ‘मिस अर्थ नेपाल’को ताज

मिस युनिभर्स नेपाल प्रायश्ना गुरुङ

१२ असोज, काठमाडौं । ‘मिस युनिभर्स नेपाल २०२६’ र ‘मिस अर्थ नेपाल २०२६’ का विजेताको घोषणा गरिएको छ । आइतबार साँझ आयोजित ग्रान्ड फिनालेमा प्रायश्ना गुरुङले ‘मिस युनिभर्स नेपाल २०२६’ को उपाधि जित्दा विनिता ओलीले ‘मिस अर्थ नेपाल २०२६’ को ताज पहिरिन सफल भएकी छन् ।

यस वर्षको उपाधिका लागि १४ जना सुन्दरीले प्रतिस्पर्धा गरेका थिए । फिनालेमा पूर्व ‘मिस युनिभर्स इन्डिया’ तथा बलिउड अभिनेत्री सेलिना जेटली मुख्य निर्णायकका रूपमा रहेकी थिइन् ।

‘मिस युनिभर्स नेपाल २०२६’ विजेता गुरुङ बेलायतमा बस्दै आएकी गैरआवासीय नेपाली हुन् । उनले महिला सशक्तीकरण तथा उद्यमशीलताको क्षेत्रमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएकी छन् । नेपाली महिलाको उद्यमशीलता र सशक्तीकरणमा सहयोग पु¥याउने उद्देश्यले उनले ‘द डिग्निटी’ नामक परियोजनासमेत सञ्चालन गरिरहेकी छन् ।

मिस अर्थ नेपाल विनिता ओली

त्यस्तै, २७ वर्षीया विनिता ओलीले ‘मिस अर्थ नेपाल २०२६’ को उपाधि जितेकी हुन् । ओलीले केही वर्ष अन्तर्राष्ट्रिय एयरहोस्टेसका रूपमा समेत काम गरेको जनाइएको छ ।

दुवै विजेताले आगामी दिनमा अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गर्नेछन् ।

प्रतिक्रिया