खेलकुद

तेस्रो पथरीशनिश्चरे गोल्डकपको खेल तालिका सार्वजनिक

११ असोज, पथरी । मोरङको पथरी शनिश्चरेमा असोज १७ गतेदेखी हुन गइरहेको “अन्तर्राष्ट्रिय आमन्त्रण तेस्रो पथरी शनिश्चरे गोल्डकप–२०८३” को खेल तालिका सार्वजनिक भएको छ ।

आयोजक समिति पथरी ११ फुटबल क्लबले प्रतियोगिताको खेल तालिका सार्वजनिक गर्दै तयारी तीव्र पारिएको जनाएको हो । पथरी शनिश्चे–१ स्थित पथरी रङ्गशाला (जाँते मोड) मा सञ्चालन हुने यस प्रतियोगिताका सम्पूर्ण खेलहरू दिउँसो ३ः०० बजेदेखि सुरु हुनेछन् ।

सार्वजनिक खेल तालिका अनुसार प्रतियोगिताका खेलहरू असोज १७ गते, शनिबार आयोजक पथरी–११ एफसी मोरङ र युनाइटेड खर्साङ फुटबल क्लब, भारतबीच उद्घाटन खेल हुनेछ । असोज १८ गते, आइतबार न्यु रोड टिम(एनआरटी), काठमाडौँ र सलहेश युवा क्लब, सिराहाबीच हुनेछन् ।

त्यस्तै असोज १९ गते, सोमबार थ्री स्टार क्लब, ललितपुर र झापा ११ फुटबल क्लब, झापाबीच प्रतिस्पर्धा हुनेछ । असोज २० गते, मंगलबार नेपाल पुलिस क्लब, काठमाडौँ र रेड हर्स फुटबल क्लब, इलामबीच हुनेछ । त्यस्तै असोज २१ गते, बुधबार पहिलो सेमिफाइन खेल हुनेछ ।

असोज २२ गते, बिहिबार दोस्रो सेमिफाइनल खेल हुनेछ । सेमीफाइनलका विजेता टोलीहरू असोज २४ गते शनिबारका दिन उपाधिका लागि फाइनलको लागि भिड्ने छन् । प्रतियोगिताको मुख्य सहयोगि पथरी शनिश्चरे नगरपालिका रहेको छ ।

 

प्रतिक्रिया