कात्र्तिक २६ गते, रमाइलो । प्रथम अध्यक्ष कप, १ नम्बर प्रदेश स्तरीय आई.टी.एफ.तेक्वाण्डो प्रतियोगितामा पहिलो दिन आयोजक टिम कानेपोखारी आई.टी.एफ.तेक्वाण्डो डोजाङ्ले उत्कृष्ट खेल प्रर्दशन गरेको छ ।
मोरङको कानेपोखरी गाउँपालिका–६, स्थित जनसेवाको खेल मैदानमा भएको प्रतियोगिताको पहिलो दिन इस्पारिङ र प्याटनतर्फको बिजेता घोषणा गरि मेडल र प्रमाण पत्र प्रदान गरेको छ । पहिलो दिनको खेलमा आयोजकले धेरै पदक जित्न सफल भएको छ ।एकल इस्पारिङतर्फ
जुनियर महिला तर्फ २० देखी २५ केजी तौल सम्मको प्रतियोगितामा सुनसरीका सदिक्षा राई प्रथम, आयोजकका सुनिता तामाङ द्धितीय र आयोजककै सुवानी राजभण्डारी र जेनिसा धिमाल तृतीय भएका छन् ।
त्यसैगरी एकल स्पाईरिङ सिनियर पुरुष तर्फ ५० देखी ५५ केजी तौल सम्मको प्रतियोगितामा सुनसरीका अनुज राई प्रथम, झापाका मनिष श्रेष्ठ द्धितीय, आयोजकको हरि श्रेष्ठ तृतीय र मोरङको अर्जुन गिरी तृतीय भएका छन् ।एकल प्याटनतर्फ
महिला पहेलो बेल्ट तर्फ आयोजक विनिशा धिमाल प्रथम, मोरङ प्रिन्सा कार्की द्धितीय भएका छन् । त्यसैगरी महिला ग्रिन बेल्ट तर्फ आयोजकका स्वस्तिका माझी प्रथम भएका छन् । त्यसैगरी पुरुष पहेंलो बेल्ट तर्फ आयोजकका आर्यन राई प्रथम, मोरङका मन्दिप माझी द्धितीय भएका छन् ।
त्यसैगरी पुरुष हरियो बेल्ट तर्फ आयोजकका रिवाज फुयल प्रथम र मोरङका विशाल खत्री द्धितीय भएका छन् । त्यसैगरी पुरुष ब्लु बेल्ट आयोजकका आषिश भुर्तल प्रथम र पुरुष रेड बेल्ट तर्फ आयोजकका निश्चल लिम्बु प्रथम भएका छन् । कार्यक्रमको पहिलो दिन विहानै देखी गरिएको थियो । उद्घाटनको औपचारीक कार्यक्रममा आइटिएफ टेक्वाण्डो १ नम्बर प्रदेशका अध्यक्ष प्रविण कार्कीले र सचिव नविन तामाङले खेल देखाएका थिए ।
बाँकी रहेको प्रतियोगिताको विभिन्न विधाको फाइनल भोली शनिबार हुनेछ । भोली २०—२५ देखी ८१ केजी तौल सम्म पुरुष र २०—२५ देखी ७१ केजी तौल सम्म महिलाको प्रतियोगिता रहने आयोजकले जनाएको छ । प्रतियोगितामा १ नम्बर प्रदेश अन्र्तरगत सोलुखुम्बु र ओखलढुंगा बाहेक सवै जिल्लाका आईटिएफ टेक्वाण्डोका खेलाडीहरुले सहभागीता जनाएको आयोजक समितिका अध्यक्ष युवराज भुजेलले जनाएको छ । प्रतियोगितामा मोरङ, सुनसरी, उदयपुर, झापा, ताप्लेजुङ, इलाम, पाँचथर, संखुवासभा, तेह्रथमु, धनकुटा, भोजपुर, खोटाङ, र आयोजक कानेपोखरी गरि २५० खेलाडी सहभागि छन् ।
उद्घाटन कार्यक्रममा प्रमुख अतिथि गाउँपालिका अध्यक्ष ताराबहादुर काफ्ले, विशिष्ट अतिथि उपाध्यक्ष राजमती इङ्नाम र नेपाल आईटिएफका अध्यक्ष अन्जन धमला, त्यसैगरी अतिथिहरु नेकपा(एमाले) का कानेपोखरी गाउँ कमिटीका अध्यक्ष सुशिल बुढाथोकी, नेपाली कांग्रेस गाउँ सभापती योगेन्द्र दाहाल, वडा नम्बर ५ का वडाध्यक्ष चरण गुरुङले मन्तव्य दिएका थिए ।
कार्यक्रममा नेपाल आईटिएफका केन्द्रिय सदस्य घम बहादुर तामाङ र रुपसिंह मोक्तान, आइटिएफ टेक्वाण्डो १ नम्बर प्रदेशका अध्यक्ष प्रविण कार्की, वडाध्यक्षहरु खड्ग बस्नेत, मोहन प्रसाद अधिकारी र धनबहादुर राई, स्थानिय समाजसेवी दानबहादुर बस्नेत, उमेश पौड्याल, नविन पौड्याल, कुमार फुयल र राजेश कार्की लगाएत अतिथि रहेका थिए ।