१४ असोज, पथरी । सुनसरीको धरानमा सम्पन्न ‘राजभगत क्लासिक–२०८३’ कोशी प्रदेश बडीबिल्डिङ च्याम्पियनसिपमा मोरङ पथरी शनिश्चरेका सुरेन्द्र लिम्बुले छैटौं पुरस्कार जितेका छन् ।
द पावर एण्ड् फिट्नेस क्लबबाट प्रतियोगितामा सहभागि भएका ५५ केजी तौल समूहका लिम्बुले छैटौं स्थानका पदक जित्दै २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् ।
लिम्बुले नगद सहित ट्रफी, पदक र प्रमाण–पत्र पनि पाएका छन् । पथरी शनिश्चरे–९ शनिश्चरे बजारमा स्थापित द पावर एण्ड् फिट्नेस क्लबले यस अघि पनि विभिन्न प्रतियोगितामा भाग लिई पुरस्कार प्राप्त गर्दै आएको छ ।
दिवंगत राजभगतको स्मृतिमा ‘राजभगत क्लाशिक २०८३, कोशी प्रदेश बडीबिल्डिङ च्याम्पियनसिप’ प्रतियोगिता असोज ११ गते आइतबार सम्पन्न भएको थियो ।
प्रतियोगिता धरान फिटनेस क्लबको आयोजनामा सम्पन्न भएको थियो । प्रतियोगितामा कोशी प्रदेशका बडीबिल्डर खेलाडीहरूको सहभागिता रहेको आयोजकले जनाएको छ ।




प्रतिक्रिया