Warning: Constant DISALLOW_FILE_EDIT already defined in /home/nigaranitimes/public_html/wp-config.php on line 94
३८ हजारको केक काटेर इन्ट्रा फाउण्डेशनको टिमलाई पथरीमा स्वागत - Nigranitimes

३८ हजारको केक काटेर इन्ट्रा फाउण्डेशनको टिमलाई पथरीमा स्वागत

मंसिर १७ गते, पथरी, मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा स्थापित फुटबल प्रिमियर लिगको आयोजक समितिले अमेरिकामा स्थापित नेपाली भाषीहरुले स्थापना गरेको इन्ट्रा नेशनल वेलफेर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिकाको टोलीलाई स्वागत गरेको छ ।

टोली नेपाल आएको अवसरमा फाउण्डेशनका अध्यक्ष अधिकारीको टोलीलाई विहिबार पथरीशनिश्चरे फुटबल प्रिमियर लिग आयोजक समितिले स्वागत गरेको हो । पथरीशनिश्चरे –२ स्थित शीनभिलेज पार्टी प्यालेसमा खादा, फुलमाला, झाँकीको साथमा केक काटेर टोलीलाई स्वागतको साथमा उत्सव मनाएका थिए । अमेरिका, नेपालको झण्डा र फुटबलको नक्सा रहेको केक ३८ हजारमा बनाइएको आयोजक समितिको कोषाध्यक्ष श्रीहाङ राईले बताए ।

स्वागत कार्यक्रममा पथरीशनिश्चरे नगर उपप्रमुख यमुना बिष्ट, पथरी उद्योग वाणिज्य संघको अध्यक्ष धनकुमार तामाङ, पञ्चायत माविका प्रधानाध्यापक अर्जुन बुढाथोकी, सुनखारी माविका प्रअ इलाका प्रहरी कार्यालय पथरीका प्रमुख डीएसपी कृष्ण खड्का लगायतको उस्थिति रहेको थियो । कार्यक्रममा उपप्रमुख बिष्ट, प्रअ बुढाथोकी लगायतले स्वागत मन्तब्य राखेका थिए ।

आयोजक समितिको अध्यक्ष संजिव गिरी र सचिव मणि लिम्बूले फाउण्डेशनलाई नगरको फुटबल बिकासको लागि लिगलाई सहयोग गर्न फाउण्डेशन टोलीसँग अनुरोध गरेका थिए । फाउण्डेशनका अध्यक्ष डिल्लिराम अधिकारीले आउने सिजनदेखि प्रिमियर लिगलाई सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरेका थिए । अधिकारीले अमेरिकामा बर्षमा छ भन्दा बढी फुटबल लिग, भलिबल र क्रिकेटलाई सहयोग गर्दै आएको बताएका थिए । फाउण्डेशनले झापाको बेलडाँगी शरणार्थी शिविरमा बृद्ध आश्रामसमेत स्थापना गरेको छ ।

फाउण्डेशनका अध्यक्ष डिल्लिराम अधिकारी लगायतको टोली केही हप्ता अघिदेखि नेपाल आएका छन् । फाउण्डेशनले भुटानी शरणार्थी विद्यार्थीहरु अध्ययन गर्दै आएको पथरीशनिश्चरे नगरको पञ्चायत माबि र हिरक आधारभूत विद्यालयमा केही शिक्षक सहयोग गर्दै आएको छ । फाउण्डेशनको सहयोग नहुँदा शरणार्थी शिविर नटेकेका राजधानीका केही कलाकार र टिभी पत्रकारहरु इन्ट्राको टोली नेपाल आउदा लर्को लागेर पछि लाग्ने गरेको नेपालमा रहेका एक शरणार्थीले नेताले बताए ।

इन्ट्रा नेशनल वेलफेर एण्ड सपोर्ट फाउण्डेसनले बिषेश गरी नेपालमा लामो समय शरणार्थीको रुपमा बसेर तेस्रो राष्ट्र पुनरबास गएर बसेका नेपाली भाषीहरुले स्थापना गरेको संस्था हो । संस्थाले अमेरिका र नेपालका असाहय, अपाङ्गता तथा खेलकुद क्षेत्र बिकासको लागि सहयोग गर्दै आएको छ ।

स्थानीय खेलाडि उत्पादन गर्ने उदेश्यले पथरीशनिश्चरे फुटबल प्रिमियर लिग आयोजक समितिले गत बर्षदेखि लिग फुटबल आयोजना गर्दै आएको छ ।

 

सम्बन्धित खवर