२२ भदौ, कानेपोखरी । मोरङ कानेपोखरी –५ स्थित बाँसबारीका वर्ष २४ की जमुना चौधरीलाई लागुऔषध सहित प्रहरीले पक्राउ गरेको छ ।
आइतबार राती ११ः१५ बजे चौधरीलाई १ ग्राम ८३० मिलिग्राम खैरो हेरोइन सहित प्रहरीले पक्राउ गरेको हो । चौधरीले आफ्नो घर कोठामा लागूऔषध बिक्री वितरण गरिरहेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरी चौकी रमाईलो र अस्थायी प्रहरी चौकी कानेपोखरीबाट प्रहरी टोली खटिएको टोलीले पक्राउ गरेको थियो ।
घरमा चेकजाँच गर्दा सुत्ने कोठाको दराज भित्र लुकाई राखेको अवस्थामा खैरो हेरोइन सहित चौधरीलाई नियन्त्रणमा लिएको प्रहरीले बताएका छन् । चौधरीलाई इलाका प्रहरी कार्यालय पथरीमा राखी थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ ।



प्रतिक्रिया