अपराध

गोदामबाट कार निकाल्ने क्रममा सिटी रिक्सालाई ठक्कर, चालक घाइते

२५ भदौ, मोरङ । कानेपोखरी–रंगेली सडक अन्तरगत वडा नं. २ को पेट्रोलपम्प दक्षिण गोदाम छेउमा कारले सिटीरिक्सालाई ठक्कर दिदा दुर्घटना भएको छ ।

विहा ८ः३० बजे गोदाम भित्रबाट कार बाहिर निकाल्ने क्रममा उत्तरबाट दक्षिण तर्फ जादै गरेको प्र. १–०२–००४ ह ८८६१ नम्बरको सिटिरिक्सालाई ठक्कर दिएपछि

दुर्घटना भएको हो । गोदाम संचालक हरिणारायण चौधरीले प्रदेश ०१–०२५ च २९४४ नम्बरको कार निकाल्ने क्रममा सिटीलाई ठक्कर दिएको थियो ।

सिटी रिक्सालाई ठक्कर दिएर कार सडक पश्चिम धानखेतमा पुगेको थियो । सिटी चालक कानेपोखरी वडा नं. २ का कमल पाण्डे सामान्या घाइते भएका छन् । पाण्डेको

कानेपोखरी अस्पतालमा उपचार भइरहेको छ भने सिटीमा सवार अन्य दुईजना सामान्य रहेको रमाइलो प्रहरी चौकीले जनाएको छ ।

सिटीको अगाडीको भाग पुरै क्षती भएको छ भने कारको पनि अगाडीको भाग सामान्य क्षती भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया