२० भदौ, पथरी । मोरङको पथरी शनिश्चरे नगरमा असोज १७ गतेदेखि हुने तेस्रो अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप २०८३ लाई ६० हजार १११ रुपैया सहयोग प्राप्त भएको छ ।
पथरीशनिश्चरे–१ निवासी दाजुभाइ अर्जुन लिम्बु, चन्द्र लिम्बु र वहिनी नबिना लिम्बुल रकम गोल्डकप आयोजनाको लागि सहयोग गरेको हो । आफ्ना स्वर्गिय पिता टेकबीर लिम्बु (पयाङ्गु)को स्मृतिमा सो बराबरको रकम आर्थिक सहयोग गरेको अर्जुन लिम्बुले जनाएको छ ।
उनले असोज १७ गते देखि सञ्चालन हुने “अन्तर्राष्ट्रिय आमन्त्रण तेश्रो पथरीशनिश्चरे गोल्डकपलाई भव्य र सभ्य रुपमा सफल बनाउन स्वर्गिय पिताको स्मृतिमा सहयोग गरेको बताए ।
पथरी–११ फुटबल क्लबको आयोजनामा असोज १७ गतेदेखि २६ गतेसम्म “अन्तर्राष्ट्रिय आमन्त्रण तेश्रो पथरीशनिश्चरे गोल्डकप” पथरी शनिश्चरे–१ को पथरी रंगशालामा हुदैछ । गोल्डकप हुने पथरी रंगशालाको तयारी तिब्र पारिएको छ ।
गोल्डकपलाई देश विदेशबाट सहयोग जुटिरहेको र जुट्ने क्रम रहेको क्लबका अध्यक्ष सुमन वि.कले बताए । क्लबले यस वर्षको गोल्डकपमा गतवर्षको भन्दा उपाधि रकम वृद्धि गर्दै प्रतियोगिताको विजेताले ६ लाख र उपविजेताले ३ लाख प्राप्त गर्ने बताएका छ्न ।




प्रतिक्रिया