खेलकुद

कानेपोखरीमा ‘प्रथम जिल्ला स्तरीय वडा अध्यक्ष कप तेक्वान्दो प्रतियोगिता’ हुने

२० भदौ, पथरी । मोरङको कानेपोखरी गाउँपालिकामा प्रथम जिल्ला स्तरीय वडा अध्यक्ष कप तेक्वान्दो प्रतियोगित हुने भएको छ ।

मोरङ सि.एच. आईटिएफ तेक्वान्दो संघको आयोजना, कोशी सि.एच.आईटिएफ तेक्वान्दो संघको प्राविधिक सहयोग र कानेपोखरी गाउँपालिका वडा नं. ६ को आर्थिक सहयोगमा प्रतियोगिता हुन लागेको हो । प्रतियोगिता आगामी कात्र्तिक १३ र १४ गते हुने छन् ।

२ दिने हुने प्रतियोगितामा कोशी प्रदेश भरीका ३ ओटा जिल्लाबाट खेलाडीहरु सहभागि हुने कोशी प्रदेश सि.एच.आईटिएफ तेक्वान्दो संघ अध्यक्ष युवराज भुजेलले बताए । खेलमा स्प्यारीङ पुरुष तर्फ ११० जना, महिला तर्फ १०५ जना, अफिसियल १५ जना, निर्णायक ५ जना हुने आयोजकले जनाएको छ ।

प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय हुने खेलाडीलाई प्रमाण पत्र, मेडल र नगद प्रदान गरिने र प्रथम, द्धितीय र तृतीय हुने डोजाङलाई नगद र ट्रफी प्रदान गरिने मोरङ सि.एच.आईटिएफ तेक्वान्दो संघका अध्यक्ष विद्यानन्द चौधरीले बताए ।

खेल सम्पन्न गर्न जम्मा अनुमानि ३ लाख ५१ हजार खर्च लाग्ने कोशी प्रदेश सि.एच.आईटिएफ तेक्वान्दो संघ अध्यक्ष भुजेलले जनाएको छ ।

प्रदेशका विभिन्न पालिकामा रहेको डोजाङमा आवद्ध खेलाडीहरुले काठ्माडौमा भएको राष्ट्रिय प्रतियोगिता, नवलपराशीमा भएको प्रतियोगिता, बाग्लुङमा भएको प्रतियोगितामा भाग लिइ प्रथम, द्धितीय र तृतीय मेडलहरु प्राप्त गर्दै आएका छन् । कोशी प्रदेश सि.एच.आईटिएफ तेक्वान्दो संघले कोशी प्रदेश भरी अहिले वान डान देखी थ्री डान सम्म २५ जना खेलाडी उत्पादन गरी विभिन्न पालिकामा डोजाङ संचालन गर्दै आएका छन् ।

कोशी प्रदेश सि.एच.आईटिएफ तेक्वान्दो संघले यसअघि पालिका स्तरीय, जिल्ला स्तरीय, प्रदेश स्तरीय र १० औं राष्ट्रि तेक्वान्दो प्रतियोगिता सम्पन्न गरिसकेको छ ।

 

 

प्रतिक्रिया