शिक्षा

रसुवाका बाढीपीडितलाई रेडस्टार मावि र ऋतम्भरा क्याम्पसको १ लाख ५५ हजार सहयोग

भदौ १९, पथरी । मोरङको पथरी शनिश्चरे–२ स्थित रेडस्टार माध्यमिक विद्यालय र ऋतम्भरा बहुमुखी क्याम्पसले भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित परिवारको राहतका लागि १ लाख ५५ हजार ५५५ रुपैयाँ सहयोग गरेको छ ।

बाढीबाट विस्थापित तथा प्रभावित नागरिकको सहयोगार्थ बिहीबार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम जम्मा गरेको विद्यालयका पिन्सिपल टि.एन. तिम्सिनाले बताए । एक साताअघि आएको बाढीबाट प्रभावित परिवारलाई राहत पु¥याउने उद्देश्यले राष्ट्रिय वाणिज्य बैंकमार्फत उद्धार कोषमा रकम जम्मा गरिएको थियो ।
पिन्सिपल तिम्सिनाले विपद्का कारण ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेका छन् । उनले घाइते तथा प्रभावित नागरिकको शीघ्र उद्धार, राहत तथा पुनःस्थापनाका लागि सम्बन्धित निकायलाई प्रभावकारी रूपमा काम गर्नसमेत आग्रह गरेका छन् ।

प्रतिक्रिया