अचेत अवस्थामा जंगलमा भेटिएकी १९ बर्षिय छात्राको मृत्यु रहस्यमय

पौष १६ गते, पथरी । अचेत अवस्थामा मोरङको कानेपोखरी–७, स्थित कानेपोखरीको जंगलमा भेटिएकी १९ बर्षिय एक छात्राको उपचारको क्रममा मृत्यु भएको छ ।

सुन्दरहरैचा नगरपालिका–१, स्थित काका डिल्लिराम आचार्यको घरमा बस्दै आएकी १९ बर्षिय कमला आचार्यको १३ गते(मंगलबार) अपरान्ह् ४ बजे बिराटनगर स्थित विराट नर्सिङहोममा उपचारको क्रममा मृत्यु भएको हो । पूर्वपश्चिम राजमार्गदेखी ४० मिटर दक्षिण डाँस मोरङ्गी सामुदायिक वन क्षेत्रमा घास दाउरा ल्याउने जाने महिलाहरुले पुस १२ गते दिउँसो १ बजे अचेत अवस्थामा भेटेका इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ ।

जंगलमा एक्लै पानी पानी भन्दै चिच्याइरहेकी कमला आचार्यलाई उनिहरुले भेटेपछि प्रहरी बोलाएर उद्दारको प्रयास भएका थिए । कानेपोखरी अस्थाई प्रहरीका प्रहरीले कमलालाई तत्काल पथरीको अस्पताल भर्न गरेको थियो । पथरीको अस्पतालमा आफन्तले लुगा फेर्दिन खोज्दा गुप्ताङ्गमा ब्लड देखिएको थियो ।

जंगलमै पानी पानी भन्दै हिरिक, हिरिक गर्दै गरेको अवस्थामा फेला परेकी कमलाले आफूले मुसालाई दिने बिष सेवन गरेको बताएकी थिइन । किन बिष सेवन गरेकी हुन सोध्ने क्रममै बेहोस भएपछि आचार्यलाई थप उपचारको लागि विराट नर्सिङ होम, बिराटनगर लगिएको थियो । घटना संखास्पद भएकोले रहस्यमय बन्दै गएको छ ।

कमलाले उर्लाबारीको राधिकामा माविमा बालि विज्ञान(प्लान्ट साईन)को कक्षा १२ भखरै पास गरेकी छात्रा हुन । कमला काकाको घरबाट विहिबार नै(पुस ९गते) साथीको घरमा जाने भनेर हिडेकी थिइन ।
उनीले विहिबार बेलुकी भाईलाई फोन गरेर र छिमेकी सुनितालाई मोवाईलमा मेसेज गरेर रुद्र रिजालकोमा बस्छु भनेर सूचना छाडेकी थिइन् । भोली पल्ट शुक्रबार विहान उनीले काकी अनिता आर्यायलाई फोन गरी आफ्नो तीन दिन तालिम रहेकोले मामाको घरमै बस्ने बताएकी थिइन् ।

उनि सुन्दरहरैचा नगरपालिकाको कृषी शाखामा ६ महिनाको लागि ओजेटी गर्दै गरेकी राधिका माविका बालि बिज्ञानका शिक्षक नविन सुवेदीले बताए । कमलाले भखरै कक्षा १२ पास गरेकी र उनी सुन्दरहरैचा नगरपालिका कृषी शाखामा ६ महिनाको ओजेटी पुरा गर्न १ महिना बाँकी रहेको शिक्षक सुवेदीले बताए । तीन दिने कृषीको सुन्दरहरैचाको बेलेपुरमा भएको तालिममा गत शुक्रबार र शनिबार तालिम लिएर बेलुका हिडेकी कमला आइतबार तालिममा उपस्थित नभएको शिक्षक सुवेदीले बताए । शनिवार तालिम सकेपछि बेलेपुरबाट कृषी शाखाको प्रमुख फडिन्द्र भण्डारीले विराटचोकको बुधबारे चोक सम्म कमलालाई पुर्याई दिएका थिए ।

कमला आचार्यको स्थायी घर खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका –१ हो । उनी कृषि विषय बालिविज्ञान अध्ययन गर्न सुन्दरहरैचा आफ्नो काका डिल्लीराम आचार्य र काकी अनिता आचार्यकोमा बस्र्दै आएकी थिइन । कानेपोखरी जंगलमा एक्लै युवति किन, आएकी थिइन ? यी लगायतको बिषयमा जिल्ला प्रहरी कार्यालय मोरङले अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । मृतक युवतिको शव पोस्टमार्टम दाहसंस्ककार भएको उनकाकाकी अनिता आचार्य जनाएको छ । उनका काकाले सत्यतथ्य छानविन गरिदिन सम्बन्धीत निकायसँग माग गरेको छ ।

सम्बन्धित खवर