असार ४ गते, पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिका–१ स्थित मन्दिरलाइनका आफ्नै वहिनीले दिदीलाई खुकुरी प्रहार गरी गम्भिर घाइते बताएका छन् ।
बिहीबार राति बर्ष २९ की सुमित्रा राईले आफ्नै दिदी ४० वर्षीया लक्ष्मी राईलाई राति ९ बजेतिर खुकुरी प्रहार गरेकी हुन् । बहिनीको खुकुरी प्रहारबाट गम्भीर घाइते दिदी विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उपचार भइरहेको छ । घाँटीमा खुकुरी प्रहार गरिएकी लक्ष्मीको अवस्था चिन्ताजनक रहेको इलाका प्रहरी कार्यालय पथरीका डीएसपी वेदप्रसाद गौतमले जनाएका छन्
सामान्य घरयासी विवादका कारण घटना भएको पाइएको जानकारी प्रहरीले बताएका छन् । प्रहरीका अनुसार वृद्ध अवस्थाका बाबु र आमाको हेरचाह गरेर दिदी–बहिनी दुवै जना माइती घरमै बस्दै आएका थिए । गाउँ मात्रै डुलिरहने गरेका कारण घरमा पनि समय दिनुपर्छ भनेर सम्झाईबुझाई गर्ने क्रममा आक्रोसित भइ बहिनीले दिदीमाथि नै खुकुरी प्रहार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
घटनामा प्रयोग गरिएको खुकुरीसहित सुमित्रालाई प्रहरीले पक्राउ गरेको छ । उनीविरुद्ध ज्यान मार्ने उद्योगको मुद्दा चलाउने प्रहरीले बताए ।