कानेपोखरी गाउँपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक, शिक्षा स्वास्थ्य र कृषि क्षेत्रलाई बढी प्राथमिकता

असार ३१ गते, कानेपोखरी । मोरङको कानेपोखरी गाउँपालिकाले आर्थिक बर्ष २०७९÷०८० को नीति तथा कार्यक्रम तथा बजेट सार्वजनिकिकरण गरेको छ ।

विहिबार गाउँपालिकाका अध्यक्ष राजमति इङ्नामको अध्यक्षतामा नीति तथा कार्यक्रम तथा बजेट सार्वजनिक गरेको हो । गाउँसभाले पारित गरेको ३ वटा बिधेयक पनि सार्वजनिक गरेका छन् । नागरिक उपचार सहायता कोष परिचालन बिधेयक २०७९ ,छात्रवृत्ति सम्बन्धि बिधेयक २०७९ र बिपद जोखिम न्यूनीकरण तथा ब्यबस्थापन बिधेयक २०७९ रहेका छ्न । गाउँपालिकाले यस बर्ष मुख्य शिक्षा, कृषि र स्वास्थ क्षेत्रलाई बढी प्राथमिकता दिइएको छ ।

गाउँपालिकाको उपाध्यक्ष भोला प्रसाद अधिकारीले लागि ५७ करोड ५२ लाख ३८ हजार अनुमानित बजेट प्रस्तुत गरेको छ । आयतर्फ बित्तीय समानीकरण अनुदान संघीय सरकारबाट १४ करोड ५७ लाख, राजश्व बाँडफाँट संघीय सरकारबाट ९ करोड ८७ लाख ३५ हजार बित्तीय समानीकरण अनुदान प्रदेश सरकारबाट ८० लाख १५ हजार बजेट प्रस्तुत भएको छ । यसैगरी घरजग्गा रजिष्ट्रेसनबाट १ करोड ५० लाख, नेपाल सरकारको राजश्व बाँडफाँटबाट ५ लाख, प्रदेश सरकारबाट १ करोड र गत बैक मौज्दातसहित आन्तरिक आम्दानी २ करोड ४४ लाख ९६ हजार रुपैया आम्दानी हुने अनुमान गरेका छन् ।

संघीय सरकार र प्रदेश सरकारको ससर्त अनुदान, समपुरक अनुदान र संघीय सरकारको विशेष अनुदान २६ करोड २७ लाख ६२ हजार गरी कुल ५७ करोड ५२ लाख ३८ हजार रुपैया अनुमानित बजेट प्रस्तुत भएको छ । गाउँपालिकाको पूर्वाधार विकासतर्फ ८ करोड १ लाख, चालु खर्चतर्फ ७ करोड २५ लाख, सामाजिक विकासतर्फ ६ करोड ६६ लाख ७६ हजार, आर्थिक विकासतर्फ ३ करोड ७ लाख ५० हजार, विपद ब्यवस्थापन र वातावरणका लागि १ करोड ६७ लाख र संस्थागत विकास तथा सेवा प्रवाहका लागि १ करोड १५ लाख विनियोजन भएको छ ।

गाउँपालिकाको चालु खर्चतर्फ पूर्वाधार क्षेत्र विकासमा पालिको ७ वटा वडाका लागि ३ करोड ५६ लाख विनियोजन गरिएको छ । वडा नं. १ मा ४३ लाख, वडा नं. २ मा ६० लाख, वडा नं. ३ मा ४३ लाख, वडा नं. ४ मा ४५ लाख, वडा नं. ५ मा ६० लाख, वडा नं. ६ मा ६० लाख, वडा नं. ७ मा ४५ लाख बजेट विनियोजन गरेका छन् । त्यसैगरी नेपाल सरकार र प्रदेश सरकारले दिने ससर्त र समपुरक अनुदानको २६ करोड २७ लाख ६२ हजार खर्च हुनेगरी बजेट ब्यवस्थापन गरेका छन् ।कानेपोखरी गाउँपालिकाले आर्थिक बर्ष २०७९÷०८० को लागिे भौतिक पुर्वाधार विकास, स्वास्थ्य विकास, खानेपानी र सरसफाई विकास,सामाजिक विकास, शिक्षा विकास, आर्थिक विकास, कृर्षि विकास, पशुपंक्षी विकास, रोजगारको सृजना, खेलकुद विकास र संस्थागत विकासलाई प्राथमिकतामा राखेको छ । कृषकलाई सम्मान कार्यक्रम, ‘हामी सवैको सान, कृषि उद्यममा किसान’, टोलटोलमा कृषि सेवा, ‘आमाको सीप सन्तानलाई, अर्गानिक गुन्द्रुक मोरङलाई’, ‘कानेपोखरीको खिर, गुणस्तरमा छैन पिर’ र कृषकहरुको पहुँच सुनिचित गर्न अनुदान वितरण प्रकृयामा निष्पक्षता र पारदर्शिता ल्याउन मापदण्ड तय गर्दै कृषि उत्पादन प्रणाली स्थापना गर्ने जस्ता कार्यक्रम गाउँपालिकाले ल्याएको छ ।

त्यसैगरी शित भण्डार र कोल्ड स्टोरको व्यवस्था, ‘आफ्नै बारी, अर्गानिक पोखरी’ ३प भित्र पर्यावरण, पर्यटन र पोषण व्यवस्था, गाईभैसी सुत्केरी भत्ता, ‘टोल–टोलमै पशुपंक्षी सेवा’ कृषि एम्बुलेन्स सेवा, पाँच माउ भन्दावढी बाख्रा, सुँगुर÷बँगुर पालक कृर्षकलाई गोठ÷खोर सुधार अन्तरगत अनुदान दिने जस्ता कार्यक्रम । सहकारी र आन्तरिक आय ः ‘कानेपोखरीका महिला, टपरी उत्पादनमा पहला’ ‘मैले तिर्ने कर, गाउँपालिकाको भर’ गाउँपालिका स्तरीय सीप विकास तालिम केन्द्र स्थापना जस्ता कार्यक्रम रहेका छन् ।

त्यस्तै ‘प्राविधिक विद्यामा रोजगारी, कानेपोखरीका छोराछोरी’ एसईई पछि गाउँपालिका क्षेत्र भित्रका २ जना विद्यार्थीलाई ३ बर्षे प्राविधिक निःशुल्क शिक्षा प्रदान गर्ने, ‘निःशुल्क शिक्षा, पालिको इच्छा’, गाउँपालिका क्षेत्र भित्रका सामुदायिक विद्यालयमा कक्षा ११ र १२ मा अध्ययन गर्ने विद्यार्थीहरुको भर्ना शुल्क र मासिक शुल्क स्थानीय कानून बमोजिम गाउँपालिकाबाटै व्यहोरिने, विद्यार्थीमैत्री फर्निचर, विद्यालयमा आधुनिक फिल्टर जडान, ‘एक वडा, एक मा.वि’ नीति ल्याइने, विद्यार्थीसँग अध्यक्ष, विद्यालय व्यवस्थापन समितिसँग उपाध्यक्ष, शिक्षकसँग प्रमुख प्रशासकीय अधिकृत र अभिभावकसँग वडा अध्यक्ष, सुधारिएको बाल विकास केन्द्र र शिक्षक, कर्मचारी सम्मान, मातृभाषाको स्थानीय पाठ्यक्रम निमार्ण गर्ने, स्थानीय पाठ्यक्रमा निर्माण गर्ने, छात्राबासको व्यवस्था गर्ने जस्ता कार्यक्रम गाउँपालिकाले ल्याएको छ ।

त्यस्तै स्वास्थ्यमा ‘उद्यमसँगै जनजीविका, प्याड उत्पादनमा स्वयंसेविका’ अन्तरगत स्यानिटरी प्याड उत्पादन गरी महिला स्वास्थ्य स्वयंसेविकाहरुबाट घरघरमा निःशुल्क पुर्याईने, ‘नागरिक उपचार सहायता कोष’ व्यस्था गर्ने, स्वास्थ्य आमा, ‘स्वस्थ्य बच्चा’ अभियान चलाइने, निःशुल्क क्याल्सियम चक्की वितरण, सुत्केरी स्याहार भत्ता, घरमै स्वास्थ्यकर्मी, मापदण्ड पुरा गरेकालाई एम्बुलेन्स सेवा निःशुल्क जस्ता कार्यक्रमहरु ल्याएका छन् । त्यस्तै ‘म फोहोरको वर्गीकरण गर्छु, हामी फोहोरको व्यवस्थापन गछौं’ र डम्पिङ साइटको व्यवस्था गर्ने र ड्रेन सहितको सडक स्तरोन्नती बहुवर्षीय आयोजनामा गर्ने लगाएतका योजना रहेको छ ।

त्यसैगरी गाउँपालिकाले महिला बालबालिका अपांगता तथा जेष्ठ नागरिक, आदिवासी जनजाति दलित मधेशी मुस्लिम तथा पिछडा वर्ग, युवा तथा खेलकुद विकाश, जनसंख्या व्यवस्थापन, सामाजिक सुरक्षा कार्यक्रम, बिधुत तथा बैकल्पिक उर्जा, बस्ती विकाश तथा शहरी पुर्वाधार, लागत सहभागिता, विपद् व्यवस्थापन, नदी नियन्त्रण तथा भू–संरक्षण, वन वातावरण तथा जलवायु परिवर्तन, फोहोर मैला व्यवस्थापन, राजश्व, सुचना प्रविधि तथा अभिलेख व्यवस्थापन, आर्थिक प्रशासन, विविध र विविधि शिर्षकमा नीति तथा कार्यक्रम सार्वजनिक गरेका थिए । कार्यक्रममा ७ वटै वडाका वडाध्यक्षहरु, नेकपा एमालेका गाउँ उपाध्यक्ष यशोधा लिम्बु, नेपाली कांग्रेसका गाउँ सभापती योगेन्द्र बस्नेत, एमालेका दानबहादुर बस्नेत, नेकपा माओवादी, नेकपा एस र जसपाबाट पनि कार्यक्रमका अतिथि रहेका थिए । प्रवक्ता तथा वडा नं. २ का वडाध्यक्ष सुशिल बुढाथोकीले स्वागत मन्तव्य दिएका थिए । कार्यक्रम प्रमुख प्रशासकीय अघिकृत सन्तोष घिमिरेले संचालन गरेका थिए ।

सम्बन्धित खवर