ब्राउन सुगर सहित पथरीबजारबाट ५ जना र कानेपोखरीबाट ४ जना युवा पक्राउ

असार ३२ गते, पथरी । इलाका प्रहरी कार्यालय पथरीले पथरी क्षेत्रबाट लागुऔषध ब्राउन सुगर सहित ५ जना युवालाई पक्राउ गरेको छ ।

पथरी प्रहरीले शुक्रबार इप्रकामा पत्रकार सम्मेलनको आयोजन गरी पक्राउ परेको ५ जनालाई सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा पथरीशनिश्चरे २ बस्ने ३६ बर्षिय बिपिन थापा र २३ बर्षिय विवेक दर्जी, वडा नम्बर ७ बस्ने सन्देश राई, वडा नं. १ बस्ने २५ बर्षिय दिपेश सार्की र २५ बर्षिय दिपेश दर्जी रहेका छन् । प्रहरीले उनिहरुको साथबाट साढें ३ ग्राम ब्राउन सुगर सहित २ हजार १० रुपैया पैसा, दुई थान मोवाइल र ब्राउन सुगर नाप तौल गर्ने यन्त्र पनि बरामद गरेका थिए ।

असार २८ गते राती ९ बजे बिपिन थापालाई प्रहरीले घरैबाट पक्राउ गरेकोे हो । आफ्नै घरमा ब्राउन सुगर बिक्रि वितरण गर्ने गरेको भन्ने बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको थियो । थापाले कोठामा लुकाई राखेको १ ग्राम ६५० मिलिग्राम ब्राउन सुगर पनि प्रहरीले बरामद गरेको थियो । थापासँगै पक्राउ परेका ४ जनालाई पनि थापाले नै विक्रि वितरण गर्ने गरेको प्रहरीको बयानमा बताएको डिएसपी बेद प्रसाद गौतमले बताए ।

त्यसैगरी वडा नं. १ रत्न चोक बस्ने २५ बर्षिय दिपेश सार्की र पथरीबजारका २५ बर्षिय दिपेश दर्जीलाई असार २७ गते ७ बजे साँझ पक्राउ गरेका थिए । उनिहरुको साथबाट ३५ पोका तथा तौल १ ग्राम २५ मिलिग्राम सहित पक्राउ गरेका थिए । त्यसैगरी वडा नं. २ का २३ बर्षिय विवेक दर्जी र वडा नम्बर ७ का सन्देश राईलाई असार १२ गते लागुऔषध ब्राउन सुगर ५० मिलिग्राम सहित कोसेली चोकबाट पक्राउ परेका थिए । पक्राउ पर्नेहरुलाई लागुऔषध बेचविखन र सेवनमा मुद्दा चलाई अनुसन्धान गरिरहेको डिएसपी बेद प्रसाद गौतमले बताए ।ब्राउन सुगर सहित कानेपोखरीबाट ४ जना पक्राउ
यस अघि कानेपोखरी गाउँपालिका –५ बाट लागुऔषध ब्राउन सुगरसहित ४ जनालाई पक्राउ परेको थियो । पक्राउ पर्नेमा बेलबारी नगर ३ जना र कानेपोखरीका १ जना रहेको थियो ।

पक्राउ पर्नेमा मोरङ बेलवारी नगरपालिका ७ का ३३ वर्षीय रूपक श्रेष्ठ, २६ वर्षीय कृष्ण रणपहेली, बेलबारी नगरपालिका ९ का २८ वर्षीय रामदेव चौधरी र कानेपोखरी गाउँपालिका ५ का २१ वर्षीय रवि चौधरी रहेका छन् ।

कानेपोखरी गाउँपालिक स्थित प्रहरी चौकी रमाईलोबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई लागुऔषध ब्राउनसुगर ३ ग्राम ४० मिलीग्राम सहित पक्राउ गरेको थियो ।

सम्बन्धित खवर