१२ भदौ, काठमाडौं । चीनको छोचेन खोला र पुरेपू त्साङ्पो नदीको संगम छेउमा बनेको ठूलो ताल फुटेको छ ।
चिनियाँ पक्षबाट उक्त ताल फुटेको जानकारी आएको रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारले जानकारी दिए ।
प्रजिअ परियारले थुनिएको ताल फुटेको भनेर चिनियाँ पक्षबाट सूचना आएपछि नदीको तटीय क्षेत्रका नागरिकलाई सुरक्षित रहन सर्कुलर गरिसकेको बताए ।
छोचेन खोला र पुरेपु त्रिशूली नदी अन्तर्गतका माथिल्ला सहायक नदीको रूपमा चिनिन्छ ।



