कानेपोखरीमा ३ करोड ६३ लाख ९० हजारमा ४५ वटा सुरक्षित आवास निर्माण हुदै

११ भदौ, कानेपोखरी । मोरङको कानेपोखरी गाउँपालिकाले विपन्न नागरिकको लागि ४५ वटा सुरक्षित आवासका निर्माण गरिदिने भएको छ ।

वडा नं. २ को ऋषिदेव बस्तीमा आज एक कार्यक्रमको आयोजना गरी निर्माण गरिने गुल्टेन ऋषिदेवको घर शिलान्यास गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका अध्यक्ष राजमती इङ्नाम, उपाध्यक्ष भोला प्रासद अधिकारी र प्रमुख प्रशासकीय अधिकृत हिरा कुमारी यादवले संयुक्तरुपमा शिलान्यास गरेका थिए ।

कानेपोखरी गाउँपालिका, ह्याविटाट फर ह्युमानिटी नेपाल र सहारा नेपालको त्रिपक्षीय साझेदारीमा वडा नं. २ को दलेली पूर्व ऋषिदेव बस्तीमा ३२ वटा र वडा नं. ५ को करमटोलमा १३ वटा गरी ४५ सुरक्षित आवास निर्माण गर्न लागेको हो । घर ३९१ स्कुवार फुट, ६४ स्कुवार फुट भान्सा र १६ स्कुवार फुट शौचालय निर्माण गरिने भएको छ ।

जेनिथ विल्र्डसले २०८४ को जेठ मसान्तसम्म सम्पन्न हुनेगरी २०८३ भदौ १ गते कानेपोखरी गाउँपालिकासँग सम्झौता गरेको थियो । ४५ वटा घरको कुल लागत ३ करोड ६३ लाख ९० हजार ८ सय रहेको छ । जस्मा पालिकाले २ करोड ९ लाख २ हजार ७ सय रुपैया, ह्याविटाट फर ह्युमानिटी नेपाल र सहारा नेपालबाट १ करोड ८ लाख रुपैया र उपभोक्तहरुबाट ४६ लाख ८८ हजार १ सय रुपैया खर्च छुट्याइएको छ । प्रति घर बराबर ८ लाख ८ हजार ६ सय रुपैयामा ठेक्का लागेको हो ।

 

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Nigranitimes.