कानेपोखरी गाउँपालिका र हेफर प्रोजेक्टद्धारा ६ लाख मुल्यको भेटनरी उपकरण वितरण

 

साउन ६ गते, कानेपोखरी । मोरङ कानेपोखरी गाउँपालिका र हेफर प्रोजेक्ट नेपालको आर्थिक सहयोगमा अभियान नेपालले भेटनरी सम्बन्धी सामाग्री वितरण गरेको छ ।

विहिबार अभियान नेपालले एक कार्यक्रमको आयोजना गरी भेटनरी औषधी, विभिन्न सामाग्री र तराजु वितरण गरेको हो । गाउँपालिकाको ४ लाख २० हजार र हेफर प्रोजेक्ट नेपालको २ लाख ८४ हजार १ सय गरी जम्मा ६ लाख ६ हजार १ सयको सामाग्री वितरण गरेका थिए । कानेपोखरी गाउँपालिकाका अध्यक्ष राजमती इङ्नाम, उपाध्यक्ष भोला अधिकारी र वडा नं. ६ का वडाध्यक्ष खड्ग बस्नेतले सो सामाग्री वितरण गरेका हुन ।

कार्यक्रममा दीपा योगी, दिनेश बुढाथोकी, रविन रिजाल र मदन भण्डारीलाई माईक्रोसफट १ थान, ट्याग मेसिन, कुल बक्स, रकेट लन्चर र भेटनरी मेसिन एक सेट प्रदा गरेका थिए । त्यसैगरी गाउँपालिकाका ७ वटै वडाका विभिन्न समूहलाई डिजिटल नाप तौल गर्ने मेसिन हस्तान्तर गरेका छन् । समूहका प्रतिनिधि गोमा भण्डारी, सारदा सुवेदी, टिका बस्नेत, रमा ढकाल, शान्ता मगर र सरु लिम्बुलाई डिजिटल नाप तौल गर्ने मेसिन प्रदा गरिएको थियो ।

त्यसैगरी मोरङ र झापाका दिपक फुयल, प्रसाद गुरागाई, पदमकान्त सलाकोटी, कृष्ण भण्डारी, भोजराज घिमिरे, राजन श्रेष्ठ, गोमा नेपाल, कोपिला खुलाल, थिरेन्द्र अधिकारी, नुतन दाहाल, लक्ष्मि गौतमलाई सर्जीकल सेट, कुल बक्स, लार्ज बुड्डीजो जस्ता प्रदान गरिएको थियो । कार्यक्रमको अध्यक्षता प्रेम गिरीले गरेका थिए । कार्यक्रममा गाउँपालिका अध्यक्ष राजमती इङ्नाम, उपाध्यक्ष भोला अधिकारी, ६ नम्बर वडाअध्यक्ष खड्ग बस्नेत, हेफर प्रोजेक्ट नेपालका कार्यक्रम प्रवन्धक दिपेश पोख्रल लगाएतले मन्तव्य दिएका थिए ।

यस अघि पनि कानेपोखरी गाउँपालिका र हेफर प्रोजेक्ट नेपालको आर्थिक साझेदारीमा महिला उद्यमी समूहलाई ९ वटा विऊ बोका वितरण गरेको थियो । पालिकाको ७ वटै वडामा गएर ९ वटा महिला उद्यमी समूहलाई ३ लाख ७९ हजार बराबरको ९ वटा सिरोही जमुना पारी(बोयर क्रस) बोका निःशुल्क वितरण गरेका थिए । अभियान नेपालले पालिकाको १,३,४,६ र ७ एक– एक वटा र वडा नं. २ र ५ मा दुई –दुई वटा महिला उद्यमी मुल समूह गठन भएको छ ।

सम्बन्धित खवर