एमाले मोरङ निर्वाचनमा केन्द्रित, २३ गते विराटचोकमा पार्टी महासचिव शंकर पोखरेल आउने

साउन २० गते, कानेपोखरी । नेकपा एमाले पार्टीका महासचिव शंखर पोखरल साउन २३ गते सुन्दरहरैचा स्थित विराटचोकमा हुने जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रममा आउने भएका छन् । नेकपा एमाले मोरङको आयोजनामा जिल्लाका सवै वडा कमिटिका पदाधिकारीदेखी माथिका नेता कार्यकर्ताहरुलाई प्रशिक्षण दिने कार्यक्रममा पोखरेल आउने भएको हो ।

जिल्ला कमिटिका सचिव रुपेश खतिवडाका अनुसार सो दिन जिल्लाका नेता कार्यकर्ताहरुलाई पार्टीका महासचिव शंकर पोखरेलले प्रशिक्षण दिने भएका छन् । प्रदेश र संघको मंसिर ४ गते निर्वाचन घोषणा पच्छात नेकपा एमाले मोरङ निर्वाचनमा केन्द्रित भएको छ । साउन भित्रमा पार्टीका सम्पूर्ण किमिटी तथा जनसंगठनलाई गतिशिल बनाउने निर्णयका साथ अघि बढेको एमाले मोरङले भदौं भर राजनैतिक तथा वैचारीक प्रशिक्षण दिने निर्णय गरेको छ ।

नेकपा एमाले मोरङका अध्यक्ष ऋषिकेश पोखरेलले आसन्न प्रदेश तथा संघको निर्वाचनमा जिल्लाका ६ वटै निर्वाचन क्षेत्रमा एमालेलाई विजयी बनाउने अभियानका साथ लाग्ने बताए । उनले यसका लागि पार्टीका सबै ‘वीङ्स’लाई सक्रिय बनाई, प्रशिक्षण दिएर सामाजिक अभियानमा खटाइने बताए । यहि सन्दर्भमा जिल्ला स्तरीय प्रशिक्षण साउन २३ गतेलाई तय गरिएको उनले बताए ।

मोरङको सुन्दरहरैचा स्थित विराटचोकमा हुने प्रशिक्षण कार्यक्रम स्थानीय जेसिस भवनमा सञ्चालन हुने एमाले मोरङ प्रचार तथा प्रकाशन विभाग प्रमुख सन्तोष वान्तवाले जानकारी गराए ।

सम्बन्धित खवर