ब्राउन सुगरसहित पथरीबजारका अक्षय पक्राउ

साउन २१ गते, पथरी । इलाका प्रहरी कार्यालय पथरीले लागुऔषध ब्राउन सुगरसहित पथरीका अक्षय माझीलाई पक्राउ गरेको छ ।
शुक्रबार साँझ साँढे ७ बजे पथरीशनिश्चरे –१ स्थित पथरीबजारका २६ बर्षिय माझीलाई १ ग्राम ४ मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो ।

सुचनाको आधारमा चेकजाँच गर्दा माझीको साथबाट सो बराबरको ब्राउन सुगर भेटिएको थियो । पक्राउ परेका माझीलाई थप अनुसन्धान भैरहेको र लागुऔषध ऐनअन्तर्गतको मुद्दामा म्याद थप गरिने इप्रका पथरीले जनाएको छ ।

सम्बन्धित खवर