बिहिबार, अशोज ३०, २०८२

एमाले, कांग्रेस, माओवादीलाई भोट दिएर सडकमा परिचानको राज्य खोजेर आउँदैन– डा. खम्बु

भदौ ६ गते, लेटाङ । खम्बुवान राष्ट्रिय मोर्चा पार्टीका केन्द्रिय अध्यक्ष डा. आरके खम्बुले निर्वाचनमा एमाले, कांग्रेस र माओवादीलाई भोट दिएर अहिले सडकमा पहिचानको आधारमा राज्यको नामकरण खोजेर नपाईने बताएका छन् ।

मोरङको लेटाङ स्थित जनसेवा सामुदायिक भवनमा आइतबार आयोजित पार्टीको ३० औं स्थापना दिवस कार्यक्रममा बोल्दै अध्यक्ष खम्बूले सो कुरा बताएको हो । उनले किरात राई योयाक्खा र किरात याक्थुङ चुम्लुङ एमाले र कांग्रेसको भात्री संगठन रहेको बताए । १ नम्बर प्रदेशमा कांग्रेस र एमालेको बहुमत सांसद रहेकोले उनिहरुले प्रदेशको नाम पहिचानको आधारमा नामकरण हुन नदिन र रोक्न भात्री संगठन प्रयोग गरेको बताए ।

पहिचानवादी एक हौ भनेर खम्बुवान राष्ट्रिय मोर्चा पार्टीले गएको चुनावमा भोटको टोक्री थाप्दा पनि पहिचानवादीहरुले भोट दिएन । अनि अहिले पहिचान खोजेर भेटिन्छ ? किरात राई योयाक्खा र किरात याक्थुङ चुम्लुङका साथीहरु पार्टीको मुकुन्डो लगाएर विराटनगरमा पहिचानको आधारमा नामकरण हुनुपर्छ भन्दै सडकमा उफ्रिरेर भ्रम नर्छन आग्रह गरे । उनले यदि तपाईहरु साच्चिकै पहिचानवादी हो भने कांग्रेस, एमोले र माओवादी पार्टी छोडेर मैदानमा आउन चुनौती दिए ।

हामीलाई जनताले भोट नदिएपछि नामको सन्दर्भमा प्रदेश सभा घेराउ गर्न जानु नैतिकताले नदिने तर्क प्रस्तुत गर्दै आउने चुनावमा मत पाए प्रदेशको मात्र नभएर देशकै अवस्था फेर्ने योजना रहेको अध्यक्ष खम्बूले दाबी गरे । पहिचानवादी एक भयौ भने मात्र पहिचान संभव रहेको बताए । पहिचानको मुद्दा बोक्ने पार्टी खम्बुवान राष्ट्रिय मोर्चा पार्टी मात्र भएको अध्यक्ष खम्बुले बताए । उनले अहिलेको परिस्थितीमा राजनीतिक वातावरण बन्दै गएको अव खम्बुवान पार्टी शसक्त बन्ने बताए । यस अघि संघीय लोकतन्त्रिक गणतन्त्र पश्चात कम्युनिष्ट पार्टीहरुको एकता र दुई तिहाइको सरकारले ध्यान केन्द्रीत गरेर वातावरण बिग्रेको बताए । वर्तमान संविधानमा निर्माणमा खम्बुवान राष्ट्रिय मोर्चाको पनि भूमिका रहेको भन्दै लिम्बुवान पार्टी समाप्त भएको र कुमार लिङदेन नेतृत्वको संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च जनमुक्ति पार्टी जस्तो रहेको टिप्पनी गरे ।

खम्बुवान राष्ट्रिय मोर्चा तत्कालीन खोपाल खम्बूको नेतृत्वमा गठन गरेर सशस्त्र आन्दोलन गरेको पार्टी हो । पछि किरात वर्कस पार्टीहुँदै तत्कालीन अध्यक्ष गोपाल खम्बू माओवादीमा प्रवेश गरेपछि आरके खम्बूले वर्कस पार्टी छाडेर पुन खम्बुवान मोर्चा पुनरगठन गरेर सञ्चालन गर्दै आएको छ । दोस्रो संविधान सभाको निर्वाचनमा समानुपातिक मार्फत एक सिट ल्याएको पार्टीबाट अध्यक्ष खम्बू संसदमा गएका थिए । अघिल्लो निर्वाचनमा जनता समाजवादी पार्टीसँग पार्टी एकीकरण गरेर छाता चिन्हबाट निर्वाचन लडेपछि खम्बुवान पार्टी निस्किृय भएको थियो । त्यसबेला खम्बुवानको दुई जना समानुपातिक लिष्टमा नाम राखिएपनि सांसद बनाइएन ।

कार्यक्रममा पार्टीको प्रवक्ता राजन वान्तावा, पार्टी सम्बद्ध युवा संगठनका अध्यक्ष नवीन खम्बू, नारी मोर्चाका अध्यक्ष देशमाया खम्बू, भोजपुर जिल्ला अध्यक्ष ऋषिधन राई, पूर्ब विद्यार्थी संगठन अध्यक्ष मित्र खम्बू लगायत अतिथि रहेका थिए । सचिव राजदेब खम्बूले सञ्चालन गरेको कार्यक्रममा संगठनको केन्द्रीय उपाध्यक्ष दिलराम राईको अध्यक्षतामा ३० औं बार्षिक उत्सव सम्पन्न भएको थियो । कार्यक्रममा पार्टीका महासचिव रणेन्द्र थिम्राहाङले स्वागत मन्तब्य राखेका थिए ।

 

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2025 Nigranitimes.