पथरीबजार गस्तीको लागि प्रहरीलाई साइकल प्रदान

भदौ २३ गते, पथरी । राष्ट्रि वाणिज्य बैंक र एनआइसी एसिया पथरीशाखाले पथरीबजार सुरक्षा राम्रो राख्न इप्रका पथरीलाई ४ वटा साइकल प्रदान गरेको छ ।

बुधबार इप्रका पथरीमा पत्रकार सम्मेलनको आयोजना गरी राष्ट्रि वाणिज्य बैंकले २ वटा र एनआइसी एसियाले २ वटा साइकलको चावी हस्तान्तरण गरेको हो । साइकल डिएसपी वेद प्रसाद गौतमले बुझेका थिए ।

एउटा साइकलको मुल्र्य १४ हजार ५ सय पर्न गएको जनाएको छ । अव पथरीबजार र वरपर प्रहरीले दैनिक साइकलमा डिउटी गर्ने डिएसपी गौतमले बताए । बजारको सानो सानो बाटोमा पनि सहज तरिकाले साइकल जान सक्ने भएकोले प्रहरीको लागि साधन उपयुक्त रहेको प्रहरीले बताए ।

सम्बन्धित खवर