कानेपोखरीमा कांग्रेस र माओवादी पार्टी परित्याग गरी सयौँ संख्या एमालेमा प्रवेश

कानेपोखरी । कानेपोखरीको विभिन्न वडाबाट नेपाली कांग्रेस र माओवादी पार्टी परित्यागरी एमालेमा प्रवेश गरेको छ ।

सोमबार एमालेको कानेपोखरी गाउँपालिका स्तरीय चुनावी सभामा पार्टी परित्याग गरी एमाले पार्टीमा प्रवेश गरेको हो । नव प्रवेशीहरुलाई मोरङ क्षेत्र नंं ३ प्रतिनिधिसभाका उम्मेद्वार भानुभक्त ढकाल र क्षेत्र (क) प्रदेशसभा उम्मेद्वार दिलिपकुमार राईले अविर र माला लगाई स्वागत गरेका थिए ।

कांग्रेस पार्टी परित्याग गर्नेहरुमा कानेपोखरी ६ विहिबारे बजारको सभामा सन्दिप आलेमगर र सुस्मिता जोगी एमालेमा प्रवेश गरेका छन् ।
त्यसैगरी वडा नं. ५ भौसाबारीकोको चुनावीसभामा माओवादी पार्टी परित्याग गरी माओवादीका गाउँकमिटि सदस्य राजकुमार तामाङको नेतृत्वमा ५० जना एमालेमा प्रवेश गरेका छन् ।

माओवादीका वडा कमिटी उपाध्यक्ष दिपक प्रसाद सुवेदी, वडा कमिटी सहसचिव रेखबहादुर कार्की, सदस्यहरु डिल्ली गिरी, हरीबहादुर कार्की, हिरा खड्का, रेम बहादुर खड्का, जीवन यादव, नरेश काफ्ले, केशव श्रेष्ठ, उमाकान्ता चौधरी, स्वस्तिका सुवेदी, पर्शुराम तामाङ, कुमारी तामाङ, तारा तामाङ, विकास तामाङ, लोकेन्द्र कार्की, भगवती कार्की, जानुका र अम्किा कार्की, चन्द्रकला खड्का, जीवन खड्का लगाएत प्रवेश गरेका थिए ।

त्यसैगरी सोही सभामा नेपाली कांग्रेस क्रियासिल सदस्य विष्णु बहादुर धिमाल पनि एमालेमा प्रवेश गरेका छन् ।
त्यसैगरी कानेपोखरी ६ स्थित कानेपोखरी चोकको सभामा नेपाली कांग्रेसका हस्त गुरुङ लगाएत पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेका छन् ।

चुनवी र्याली वडा नं. ७ को आइतबारेमा सुरु भएर शुक्रबारे, विहिबारे, मुलगाउँ, पिङडाँडा, गैरीगाउँ, प्रगती चोक हुदै नारायण चोक, मिलन चोक, बयरवन, कालिस्थान, परिवर्तन टोल ट्रान्मिटर चोक हुदै रमाइलो चोकमा समापन भएको थियो ।

चुनवी सभाको कार्यक्रम एमाले जिल्ला कमिटि सदस्य नविन पौड्यालले संचालन गरेका थिए । कार्यक्रममा एमाले केन्द्रिय सदस्य युवराज बाँस्कोटा, प्रदेश सदस्य ताराबहादुर काफ्ले जिल्ला कमिटि सचिवालय सदस्य भोला अधिकारी र जिल्ला सदस्य दानबहादुर बस्नेत लगाएत रहेका थिए ।

सम्बन्धित खवर