बयरवन खानेपानीको सवा तीन लाख नाफा

कानेपोखरी । मोरङको कानेपोखरी गाउँपालि–७, आइतबारेमा रहेको बयरवन खानेपानी तथा सरसफाई उपभोक्ता समितिले सवा तीन लाख नाफा गरेको छ ।

शनिबार वडा न. ७, को आदर्श साकोसको सभाहलमा भएको खानेपानीको तेस्रो साधारण सभामा सो बराबरको नाफा भएको प्रतिवेदन सार्वजानिक गरेका थिए । सभामा कोषाअध्यक्ष भोला प्रसाद पराजुलीले आर्थिक बर्ष २०७५÷०७६ मा ३ लाख २९ हजार ८ सय ८९ रुपैया नाफा गरेको प्रतिवेदन प्रस्तुत गरेको हो ।

त्यसैगरी आर्थिक बर्ष २०७५÷०७६ आयव्यय १ करोड १६ लाख २७ हजार ६ सय ३४ रुपैया सार्वजानीक गरेका थिए । गत बर्ष संस्थाले १ करोड ५३ लाख २ हजार ५सय बजेट अनुमान गरेका थिए । कार्यक्रममा समितिका अध्यक्ष हरिप्रसाद पौडेलले आ.व. २०७५÷०७६ को प्रगती प्रतिवेदन प्रस्तुत गरेका थिए । त्यसैगरी पुष्कर बजंगाईले आन्तरिक लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए ।

सो खानेपानीको २ लाख २५ हजार लिटर क्षमता भएको ट्याङकी, ४ स्थानमा डिप बोरिङ, ३ थान अन्डरग्राउण्ड पम्प रहेको छ । १५ कट्ठा जग्गा ओगटेको खानेपानीले ५८५ घरमा धारा जडान गरी पानी उपभोग गर्दै आएको छ ।

वडा नं. ४,५,६ र ७ मा ३९ किलोमिटरमा ३२७ मिटर विभिन्न साइजको पाइपहरु जडान गरिएको समितिका अध्यक्ष हरी प्रसाद पौडेलले बताए । कार्यक्रममा प्रमुख अतिथि गाउँपालिकाका अध्यक्ष ताराबहादुर काफ्ले रहेका थिए । त्यसैगरी वडा नं. ७ का वडाध्यक्ष मोहन प्रसाद अधिकारी, वडा नं. ६ का खड्ग बस्नेत लगाएत अतिथि रहेका थिए ।

सम्बन्धित खवर