विद्यानान्द चौधरी , केरौन । मोरङ कानेपोखरी गाउँपालिका –२,दलेली स्थीत हप्ताको दुईचोटी लाग्ने दलेली बजारमा सार्वजानिक शौचालय नहँदा खुल्लारुपमा शौच गर्दै आएको छ । २०७१ सालमा साविक केरौन गाविसले बजार व्यवस्थीत गर्न बजारमा सार्वजानिक शौचालय निर्माण कार्य थालनी गरेपनि अझैं बन्न नसक्दा बजार आउनेहरुले खुल्लारुपमै शौच गर्न बाध्यता हुँर्दै आएको हो ।
साविक केरौन गाविसले सार्वजानिक शौचालय निर्माणका लागी उतिखेर १ लाख ५० हजार विनियोजन गरेका थिए । विनियोजन अनुसार बजार समितिले निर्माण सुरु गरेको थियो । सो रकमले शौचालयको काम पुरा गर्न नसक्दा शौचालय अधुरै रहेको थियो । सो सौचालयमा महिला र पुरुष गरी दुईवटा कोठा मात्र बनाएको छ । कोठामा ढोका र छाना छैन । सौच गर्ने पेना समेत राखिएको छैन । उति खेर देखि नै सो भित्तामा आपत पर्ने महिला र पुरुषले खुल्लारुपमा भित्ताको आडमा शौच गर्दै आएको छ ।
बाटोको छेउमा पर्ने जीर्ण शौचालय खुल्लारुपमा दिसा र पिसाप गर्नाले स्थानीयहरुमा दुर्गन्दित हुनेगरेको स्थानीय रिता राउतले बताए । गाउँपालिकाको तल्लो भेगको दलेली बजार ठुलो बजारको रुपमा मान्र्दै आएको छ । बजारमा सामान खरिद गर्न आउने र बिक्रि गर्न आउने व्यापारीहरु अहिले सम्म सोही जीर्ण शौचालय प्रयोग गर्दै आएको छ । प्रयोग गर्ने र सरसफाई कहिले नगर्ने भएको धेरै दुगन्र्ध हुने गरेको सुनिल राजबंशीले बताए ।
कोनेपोखरी गाउँपालिकाका प्रवक्त तथा वडा नं. २ का वडाध्यक्ष सुशिल बुढाथोकीले त्यो जीर्ण शौचालय बाटोको जग्गामा भएकोले सो स्थानमा नभई अर्को स्थानमा जग्गा खरिद गरी सार्वजानिक शौचालय निर्माण गर्न लागि परेको बताए ।
दलेली बजारमा सार्वजानीक शौचालय निर्माणका लागी गाउँपालिकाले दुई आर्थिक बर्षमा ४ लाखको दरले बजेट विनियोजन गरेपनि जग्गा नपाएपछि निर्माण गर्न नसकिएको र तत्काल जग्गा खोजी गरी सार्वजानीक शौचालय निर्माण गरिने अध्यक्ष बुढाथोकीले बताए ।