कानेपोखरी गाउँपालिकाले ६७ औं विश्व कुष्ठरोग दिवस मनाए

कानेपोखरीमा १ सय ८७ जना कुष्ठरोगी
रमाइलो । ‘कुष्ठरोग विरुद्ध हाम्रो अभियान, भेदभावको अन्त्य मानवअधिारको सम्मान’भन्ने मूल नाराका साथ मोरङको कानेपोखरी गाउँपालिकाले ६७ औं विश्व कुष्ठरोग दिवस मनाएको छ ।

आइतबार गाउँपालिकामा भएको कार्यक्रममा अन्तरक्रिया कार्यक्रम र अन्तर विद्यालय हाजिरिजवाफ प्रतियोगिता कार्यक्रम भएको थियो । कानेपोखरी गाउँपालिका र एनएलआर नेपालको आयोजना र अपाङ्गता समन्वय समितिको समन्वयमा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा गाउँपालिकाको स्वास्थशाखाका स्वास्थ संयोजक रोहिन्द्र कुमारराज भण्डारीले तीन वटै साविक गाविसको २०५३ साल देखिको कुष्ठरोग लागेको व्यक्तिहरुको तथ्याङ प्रस्तुत गरेका थिए । अहिलेको वडा नं. १ देखि ७ सम्म मल्टी ब्यासीलरी महिला विरामी २८ जना, पुरुष ६५जना, त्यसैगरी पउसी ब्यासीलरी महिला विरामी १८ जना, पुरुष २८ जना गरी जम्मा १३९ जना विरामी रहेको छ ।

त्यसैगरी असमर्थता तथा डीजी १ मा ११ महिला,२६ पुरुष र डिजी २ मा २ महिला र ९ पुरुष गरी जम्मा ४८ जना असमर्थता विरामी रहेको स्वास्थ शाखाको तथ्याङ्मा रहेको छ । मल्टी ब्यासीलरी विरामीले १२ महिना औषधि रानुपर्ने र पउसी ब्यासीलरी विरामीले ६ महिना मात्र औषधि सेवन गर्नुपर्ने स्वास्थशाखाले बताए ।

कार्यक्रममा गाउँपालिकाका अध्यक्ष ताराबहादुर काफ्लेले विभिन्न प्रकारका विरामीहरुलाई बार्षिक ७ सय जनालाई आर्थिक सहयोग गर्दै आएको बताएका छन् । अध्यक्ष काफ्लेले कुष्ठरोग लागेका व्यक्तिहरुले लुकाउने गरेकोले नलुकाई औषधि गरेर निको हुन आग्रह गरेका थिए ।

कार्यक्रम सुरुमै १३ वटा विद्यालयका विद्यार्थी, गाउापालिका अध्यक्ष, उपाध्यक्ष र वडाध्यक्ष र विभिन्न राजनितिक दलका प्रतिनिधि लगाएतले प्लेकार्ड बोकेर रमाइलो बजार परिक्रमा गरेका थिए ।

सम्बन्धित खवर