रमाइलो । मोरङको कानेपोखरी –६, स्थीत रमाइलो रहेको जेनिथ इङ्लिस स्कुलले श्रीपञ्चमी तथा सरस्वती पुजाको दिन पारेर ४१ वलवालिका नयाँ भर्ना भएका छन् ।
विद्यालयमा विहिबार श्रीपञ्चमी तथा सरस्वती पुजाको दिन पारेर अक्षरारम्भ गर्दै वालवालिकालाई भर्ना गरेको हो । पुजा कार्यक्रममा भर्खर अक्षर चिन्ने साना बालवालिकाहरुलाई वाईटबोर्डमा लेखाएर अक्षर चिनाएका थिए । विद्यालयका विद्यार्थीहरुले क्रमश स्वरस्वतीको आराधन गरेका थिए ।
स्थानीय गुरु तथा पुरोहित बुद्धिनाथ लम्सालले विद्यार्थीहरुलाई क्रमश सवैलाई पुजा पछि टिका लगाई दिर्दै आर्शिरवाद दिएका थिए ।