पथरी । नेपाल सरकारले १ नम्बर प्रदेशको तीन जिल्लामा हात्तिपाइले रोग विरुद्धको ओषधि खुवाउने तयारी गरेको छ । झापा, मोरङ र धनकुटा जिल्लाको सवै स्थानीय तहमा ओषधि माघ २५ गतेदेखि खुवाउने तयारी गरेको हो ।
मोरङको पथरीशनिश्चरे नगरपालिकाले हात्तिपाइले रोग विरुद्धको औषधि सुवाउने कार्यक्रमको तयारी पुरा गरेको जनाएको छ । आइतबार नगरपालिकाले पत्रकार सम्मेलनको आयोजना गरी माघ २५ गते देखि सबै वडामा हात्तिपाइले रोग विरुद्धको औषधि सुवाउने तयारी गरेको जनाएका थिए ।
यस बर्ष पनि सतप्रतिशत हात्तीपाइले रोग विरुद्धको औषधि खुवाउने कार्यक्रम सफल बनाउनको लागी सबै काम पुरा गरेको नगरप्रमख दिलिपकुमार राईले बताए । प्रमुख राईले यो आम औषधि अभियान अन्तर्गत प्रत्येक व्यक्तिले औषधि खाने कार्यक्रमलाई सवै पक्ष मिलेर सफल पार्न आव्हान समेत गरेका थिए । खुवाईने औषधिको अभियानका लागि स्वास्थ्यकर्मी, स्वास्थ्य स्वयमसेविका, विद्यालय, रेडक्रस, सामाजिक संघसंस्था, पत्रकार सहितसंग अन्तरक्रिया गरिकेको कार्यक्रममा बताए ।
त्यसैगरी १० वटै वडामा वडाका २० जना सामाजिक अगुवाहरुका लाई पनि अभिमुखीकरण गरेको र प्रचार प्रसारका लागि नगरका २० स्थानमा व्यानर राख्ने तयारी गरेको छ । नगरमा गत वर्ष ८९ प्रतिशतले औषधि सेवन गरेको र यो वर्ष सवैलाई नै औषधि खुवाउन सफल हुने योजना बनाइएको छ ।
औषधि खुवाउने जिल्लाको यो ९ औं पटकको अभियान हो । यस अभियानमा अण्डाकोषको हाइड्रोसिल भएकाहरुलाई निःशुल्क शल्यक्रिया समेत गरिने बताएका छन् । पत्रकार सम्मेलनमा पथरी नगर अस्पतालका डाक्टर सावन मेहता, नगर स्वास्थ्य संयोजक मुरारी आचार्य र स्वास्थ्यकर्मी जगत मगर लगाएत उपस्थीत भएका थिए ।