देउरालीमा सामुदायिक भवन अनावरण

फागुन १० गते, कानेपोखरी । मोरङ कानेपोखरी –६, स्थीत देउरालीटोलमा सामुदायिक भवन अनावरण गरिएको छ । कानेपोखरी गाउँपालिका अध्यक्ष ताराबहादुर काफ्ले र उपाध्यक्ष राजमती इङ्नामले शुक्रबार एक कार्यक्रम विच उद्घाटन गरेको हो ।

जग्गा खरिद र भवन निर्माण गरी जम्मा १६ लाखको लागतमा एकतले एकवटा ठुलो हल र अर्को सटर भएको दुई कोठे भवन अनावरण गरेका छन् । कार्यक्रमको प्रमुख अतिथि समेत रहेका अध्यक्ष काफ्लेले गाउँपालिकाले पालिका भित्रको मठ, मन्दिर, भाषा र संस्कृतीलाई ३ बर्षमा ६० लाख खर्च गरिसकेको बताएका छन् ।

उनले जनप्रतिनिधि सवै मठ, मन्दिरमा पुगिसकेको बताए । सुकुम्बासी समस्या यसै जनप्रतिनिधिले गरेर छाड्ने पनि बताए । आफ्नो कार्यकाल भित्र यस पालिक भित्रको सुकुम्बासीलाई पुर्जाबाल बनाउन एक इन्च पनि पछि नहट्ने अध्यक्ष काफ्लेले बताए ।

गाउँपालिकाका उपाध्यक्ष राजमती इङ्नामले धेरै दुख कष्टबाट यो मन्दिर छेउमा सामुदायिक भवन बनाउन सफल भएकोमा खुशीव्यक्त गरेकी थिइन् । बार्षिक देउसी भैलो खेलेर जम्मा गरेको रकम, वडा कार्यालय र गाउँपालिकाको रकमले भवन निर्माण सम्पन्न भएको छ, यस क्षेत्रमा सामुदायिक भवनको आवश्यकता निकै थियो त्यो पुरा भएको इङ्नामले बताइन ।

भवन निर्माणको लागी कानेपोखरी गाउँपालिकाबाट ७ लाख ५० हजार, वडा नंं. ६ वडाकार्यालयबाट ३ लाख, शिवशक्ति मन्दिरबाट देउसीभैलो खेलेर उठेको ३ लाख ७५ हजार, शिवशक्ति किर्तन मण्डलीबाट किर्तन गरेर उठेको १ लाख २५ हजार गरी जम्मा १५ लाख ५० हजार र छोराबुहारी कृष्ण र यशोदा ताम्लीङको स्वर्गीय आमाबुबाको नाममा ५० हजार मन्दिरलाई सहयोग गरेको रकम सहित जम्मा १६ लाखमा १९ धुर जग्गा सहित भवन निर्माण सम्पन्न भएको हो ।

मन्दिर समितिले १९ धुर जग्गा २ लाख २६ हजारमा खरिद गरेको थियो । सोही खरिद गरेको जमिणमा सामुदायिक भवन निर्माण गरेको छ । सोही कार्यक्रममा मन्दिरले ओगटेको ४ धुर जग्गा गोमा मैनालीले दान गरेका छन् ।

कार्यक्रममा वडा नं. ६ का वडाध्यक्ष खड्ग बस्नेत, स्वास्थ संयोजक रोहिन्द्र कुमार राजभण्डारी, लक्ष्मि नारायण मन्दिरका प्रतिनिधि डमरु खरेल, ग्रामिण सुधार सामुदायिक वनका अध्यक्ष नविन राई लगाएत विभिन्न मन्दिरका अध्यक्षहरु अतिथि रहेका थिए ।

सम्बन्धित खवर