भुजेल जातीय फिल्म ‘निः प्हुगाल’ कानेपोखरीमा प्रर्दशन

फागुन ११ गते, कानेपोखरी । मोरङको कानेपोखरी–६, स्थीत रमाइलोमा भुजेल जातीको फिल्म ‘निः प्हुगाल’ हामी भुजेल नामको फिल्म सबै जातजाती एकै ठाउँ बसेर फिल्मको मनोरञ्जन लिएका थिए ।

भुजेल समाज सेवा संघ कानेपोखरीको आयोजनामा रमाइलो साकोसको भवनमा गरिएको प्रिमियर शोमा कानेपोखरीका सवै जातजातीले टिकट किनेरै फिल्मको मनोरञ्जन लिएको हो । जेल जातिको आफ्नो भाषा बोलिने तनहुको आधिमूल र पोखराको कास्कीकोट लगायतका क्षेत्रमा छायाँकन गरिएको भुजेल समाजका केन्द्रिय अध्यक्ष लोक बहादुर भुजेलले बताए ।

भुजेल जातीय यो फिल्मा ७० प्रतिशत नेपाली भाषा र ३० प्रतिशत भुजेल भाषा प्रयोग गरिएकोले सवैले बुझ्ने खालको भएकोले सवैले बसेर हेर्न लायक रहेको भुजेल समाजका जिल्ला अध्यक्ष भुपाल खवासले बताए । फिल्ममा भुजेल जातीको भाषा, संस्कार र संस्कृतीको झल्काएको छ ।

भुजेल जातीको मात्र ६० घरपरिवार भएको तनहुँको आदीमुलमा भुजेल बाहेक अरु जात छैनन् । २ घण्टा २९ मिनेटको लामो फिल्ममा सोही आदीमुलको वरीपरी गाउँघरको रितिरिवाजलाई समेटेर ४० प्रतिशत छायाँकन गरिएको छ । बाँकी पोखरा र कास्कीकोटमा फिल्मको छाँयाकन गरिएको छ ।

चलचित्र भुजेल सेवा समाज समिति केन्द्र र भुजेल चलचित्र संघले निर्माण गरेको हो । कथा लेखन कमल भुजेलले गरेका हुन भने कृष्णबहादुर गुरुङले चलचित्रको निर्देशन गरेको हो । फिल्मको प्रमुख भूमिकामा भिम भुजेल र पूजा भुजेलले अभिनय गरेका छन् । फिल्ममा सुरज भुजेल, पार्वती भुजेल, कला भुजेल, रेशम भुजेल लगायतले कलाकारले अभिनय गरेको छ ।

कानेपोखरी गाउँपालिका अध्यक्ष ताराबहादुर काफ्ले पनि फिल्म हेरेका थिए । फिल्म हेरेपछि पालिका अध्यक्ष काफ्लेले आफ्नो भाषा, संस्कृती र संस्कारको फिल्ममार्फ जगेना गर्ने उद्देश्यले फिल्म शो मा लागेको टिमलाई धन्यवाद दिएका छन् । उनले भाषा, संस्कृतीको लागी गाउँपालिकाले पनि बजेट छुट्याएकोले कानेपोखरीको भुजेल जातीलाई बजेटको लागी सम्र्पकमा आउन अनुरोध गरेका थिए ।

त्यसैगरी ५ नम्बर वडाध्यक्ष चरण गुरुङ, वडा नं. ७ का वडाध्यक्ष मोहनप्रसाद अधिकारी, नेकपा कानेपोखरी अध्यक्ष भोला अधिकारी लगाएत विभिन्न जाती तथा विद्यालयको प्रतिनिधि, संघसंस्थाका प्रतिनिधिहरुले सो फिल्मको मनोरञ्जन लिएका थिए ।

सम्बन्धित खवर