फागुन १६ गते, पथरी । १ नम्बर प्रदेशका सामाजिक विकास मन्त्री जीवन घिमिरेले विगत २० वर्षको अवधिको भन्दा पछिल्लो २ वर्षको अवधिमा जताततै इतिहासमा नभएको विकास भएको बताएका छन् ।
मोरङको पथरीशनिश्चरे नगरको छौंटौ नगरसभाको उद्घाटन् गर्दै मन्त्री घिमिरेले सो कुरा बताएको हो । उनले इतिहासमा नभएको विकास अहिले भएको बताउँर्दै विकासको लागी नगरपालिका, प्रदेश र संघिय सरकार गरी १ अरब रकम पथरीशनिश्चरे नगरपालिकामा आउने गरेको बताए ।
अहिले २ देखि ३ बर्ष सम्म सक्ने सडकहरु पथरी–डाईना, विराटचोक–विराटनगर फोरलेन, कानेपोखरी–रंगेली सडक, विराटनगरबाट रंगेली रोट हुर्दै भद्रपुर दुई बर्षमा गाडी चल्दैछ, भेडेटारबाट रवि हुँदै राँके मध्यमार्ग बन्दैछ, तमर कोरिडरबाट चाइना जाने सडक बन्दैछ, मदन भण्डारी राजमार्ग दमकबाट सुरु भएर हेटौडा जोडिने छ, पहाडी लोकमार्ग, पुष्पलाल लोकमार्ग रवि,म्याङलुङ बसन्तपुर, हिले, भोजपुर र दिक्तेल हुँर्दै काठ्माडौ जोडिने छ । यस्तै विकास हो भने १० बर्षमा सवै सडक कालोपत्रे हुने छ ।
उनले राजनीतिले जनतालाई अधिकार खोज्ने मात्र बनाएको र आफ्नो कर्तव्य पुरा गर्न नसिकाएकाले भएको कामप्रति पनि सन्तुष्ठ नहुने प्रबृत्तीले सरकारी निकायलाई जस नदिएको चर्चा गरे । सो अवसरमा मन्त्री घिमिरेले प्रदेशमा चैतदेखि सुर्तिजन्य पदार्थ नियन्त्रण र नियमन गर्ने योजना अघि बढ्ने बताए ।
पथरी शनिश्चरेकै भूटानी शरणार्थी शिविर क्षेत्रमा प्रदेशकै वहुजातिय साँस्कृति संग्रहलाय, पञ्चायत माविमा वौद्धिक अपाङ्गताको आवासीय शिक्षण कार्यक्रम सुरु हुँदै गरेको जनाउँदै अपाङ्गताको समस्या भएका बच्चा जन्मनै नदिने स्वास्थ्य प्रवन्धको कार्यक्रमसहितका प्रदेशका महत्वपूर्ण योजनाहरु बताएका थिए ।
सभामा संविधानसभा सदस्य चण्डीप्रसाद राई र लालबहादुर सुस्लिङ, प्रदेश सांसद लिलावल्लभ अधिकारी, कृष्णकुमारी राई तथा पूर्व गाविस अध्यक्ष तिलक वान्तवा, मोहनकुमार न्यौपाने, मोहन तुम्वापो, कानेपोखरी गाउँपालिका अध्यक्ष ताराबहादुर काफ्ले, नेपाल कम्यूनिष्ट पार्टीका दिननाथ तिम्सिना र नेपाली कांग्रेसका इश्वरवहादुर थापा सहितले नगरमा विकास अघि बढेको बताउँदै गतिविधिलाई थप चुस्त र व्यवस्थित गर्दै लैजान सुझाव दिएका थिए ।
प्रमुख प्रशासकीय अधिकृत अम्बिकाप्रसाद धमलाले नगरमा ४ सय ६६ योजनामध्ये ३८ योजना सम्पन्न भएको र १ सय ६२ योजना सम्झौता भइसकेको सहितका योजनाहरुको समीक्षात्मक टिप्पणी प्रस्तुत गरेका थिए । नगर उपप्रमुख यमुना विष्ट वास्तोलाले स्वागत मन्तव्य राख्नुका साथै न्यायिक समितिको २ वर्षे अवधिमा १ हजा २ सय २३ विवाद मेलमिलापका माध्यमबाट निरुपण गर्दै निमुखालाई न्याय दिलाउन प्रदेशमै उत्कृष्ठ रुपमा काम गर्न सकेको वताए ।
नगर प्रमुख दिलीपकुमार राईले सभामा शुभकामनका रुपमा दिइएका सुझावलाई आत्मसाथ गर्दै नगरको विकासमा थप लागिपर्ने जनाए । उनले नगरले संघीय सरकारसँग पहल गरेर गान्धीमनमोहनमार्ग र पथरी डाइनिया सडक कालोपत्रे, वक्राहा डाँसखोला नियन्त्रण, सुन्दरीचोकमा झोलुङ्गे पुलका योजना अघि बढेको प्रष्ट्याए ।
अव्यवस्थित बसोवासका लागि संघमा पहल, वडामा आधारभूत स्वास्थ्य केन्द्र, चिस्यान केन्द्र निर्माण तथा अर्गा्निक नगर र शैक्षिक क्षेत्रको सवलिकरण सहित समग्र योजनामा समेत नगर लागि परेको उल्लेख गरेका थिए । नगरमा जनप्रतिनिधि आएपछिको पछिल्लो २ वर्षको अवधिमा १२ किलोमिटर सडक कालोपत्रे, २२ किलोमिटर कम्प्याक्टेड ग्राभेल, २७ वटा वक्स कल्भर्ट, ६ वटा भवन निर्माण भएका छन् ।