फागुन २४ गते, कानेपोखरी । मोरङको कानेपोखरी–४, स्थीत बयरवन बजारमा रहेको पाथीभरा सुनचाँदी पसलले एनआईसि एसिया बैंकको शाखारहित बैंकिङ् सेवा सुरु भएको छ ।
शुक्रबार एक कार्यक्रम गर्दै कानेपोखरी गाउँपालिका अध्यक्ष ताराबहादुर काफ्लेले रिवन काटेर उद्घाटन गर्दै सेवा सुरु गरेको हो । पाथीभरा सुनचाँदी पसलका संचालक याम प्रसाद पौडेलले वडा नं.६ मा रहेको एनआईसि एसिया बैंक रमाइलो शाखाबाट शाखारहित बैंकिङ् सेवा सुरु गरेको हो ।
शाखारहित बैंकिङ् सेवामा बैंकले गर्ने काम सवै गर्ने एनआईसि एसिया बैंक रमाइलो शाखाका प्रमुख ताराणी प्रसाद दाहालले बताए । अहिले एनआईसि एसिया बैंक रमाइलोले गाउँपालिकामा रहेको सामाजिक सुरक्षा भत्ता पनि वितरण गर्दै आएको छ । अव वडा नं. ४ का बासिन्दाले सामाजिक सुरक्षा भत्ताको लागी शाखारहित बैंकिङ् सेवा बयरवन बजारबाटै लिन सकिने भएको छ ।
शाखारहित बैंकिङ् सेवा सुरु भएपछि ४ नं. को बासिन्दालाई सहज हुने भएको छ । थोरै पैसाको लागी एटिएमको सुविधा, एनआईसि रेमिट, विकास निर्माणको कामको लागी उपभोक्ता समितिको लागी खाता खोल्ने काम लगाएत सेवा पाउने भएको छ । बयरवन बजारमा बुधबार र शनिबार गरी हप्तामा दुई चोटी बजार लाग्ने गरेको छ ।
एनआईसि एसिया बैंकले अहिले देशभर ५८ शाखा रहित बैंकिङ् सेवा सुरु गरेको छ । कार्यक्रममा एनआईसि एसिया बैंक उर्लाबारी शाखाको प्रमुख कृष्णबहादुर कार्की, पथरीशाखा प्रमुख विजय विष्ट, लेटाङशाखाको मेघ तामाङ, बेलबारीशाखाको रमेश न्यौपाने सहभागी थिए । कार्यक्रममा वडा नं. ४ का वडाध्यक्ष धनबहादुर राई, वडासदस्य शिव दुलला र सावनी माझी, समाजसेवी सुनिलदत अधिकारी र युवा नेता मनोज राजवंशी पनि अतिथि रहेका थिए ।