पथरीमा राष्ट्रिय युवा संघद्रारा मजदुरलाई राहत वितरण

चैत १६ गते, पथरी । ‘युवाहरुको संगठन राष्ट्रको सान, जनताको लागि चलाउदैछ जनाभिया’ नाराका साथ राष्ट्रिय युवा संघ नेपाल पथरीशनिश्चरे नगर कमिटीले मजदुरहरुलाई राहत वितरण गरेको छ ।

आइतबार पथरीशनिश्चरे वडा नं. १ भरीका मजदुर गरेर खाने व्यक्तिहरुको पहिचान गरी राहत वितरण गरेको हो । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) १ नम्बर वडा कमिटीको सहकार्यमा वडाका ३ सय १७ बिपन्न मजदुरहरुको घरपरिवारलाई चामल, खानेतेल र नुन बितरण गरिएको थियो । चामल एक घरपरिवारलाई साढें १२ केजी, नुन १ र तेल १ पोका वितरण गरिएको थियो ।

कार्यक्रममा संघका केन्द्रिय सदस्य बिजय डाँगी, जिल्ला सदस्य कमरेड मणि लिम्बु, नगर संयोजक सुमन वनेम, नेकपा नगर कमिटी सदस्य तथा १ नम्बर वडा कमिटी अध्यक्ष भिम राई, नेकपा नगर कमिटी सदस्य सन्जिप गिरि, ७ नम्बर वडा सदस्य काशिहाङ राई, १० नम्बर वडा सदस्य तथा नेकपा नगर सदस्य अनोज घिमिरे, संघका १ नम्बर वडा संयोजक रन्जित कार्की लगाएतको उपस्थीतिमा राहत वितरण गरेको हो ।

राहत वितरण पूर्व सेनिटराइजले हात धोइ सकेसम्म दुरि कायम गरिएको थियो । नगरपालिका भित्र कसैलाई भोकै मर्न नदिने र त्यसको लागि नगरपालिकाको पनि ध्यानाकर्षण गराएको संघका नगर सहसंयोजक नविनजङ कार्कीले बताए । उनले नगरका १० वटै वडामा खाद्यान्न वितरण कार्यक्रममा लागि रहेका पनि बताए ।

सम्बन्धित खवर