चैत २२ गते, कानेपोखरी । मोरङको कानेपोखरी गाउँपालिका स्थित वडा नं. ५ र वडा नं. ७ का जनप्रतिनिधिहरुले एक महिनाको तलब गाउँपालिकाको आकस्मिक राहत कोषमा जम्मा गर्ने निर्णय गरेको छ ।
वडा नं. ५ को वडाध्यक्ष चरण गुरुङ, वडा सदस्य सुशिला धिकाल, रखिलाल चौधरी, प्रमिला परियार र रमेश चौधरीले लगभग ५१ हजार बरावरको रकम कोरोना भाइरस पीडित दैनिक ज्यालादारी काम गरी खाने मजदुरलाई राहत वितरणको लागी दिने निर्णय गरेको हो ।
त्यसैगरी वडा नं. ७ का वडाध्यक्ष मोहन प्रसाद अधिकारी, सदस्य पद्मा कार्की गुरुङ्, धनबहादुर सुब्बा, संगिता वि.क र दलबहादुर थामीले पनि एकमहिनाको तलब ५१ हजार बराबहर दैनिक ज्यालादारी काम गरी खाने मजदुरलाई राहत वितरणको लागी दिने निर्णय गरेको हो ।
वडाध्यक्षहरुले वडामा बैंठक गरी राहत दिने बारेमा वडाबाट एक महिनाको तलब दिने निर्णय गरेको वडाध्यक्ष चरण गुरुङले बताए ।