बैशाख १० गते, पथरी । विभिन्न संस्थाहरुले बैंकमा रकम जम्मा गरेको भौचर समाउने र मुल समितीलाई बुझाउने मात्र कामको लागि गठनपछि बिघटन भएको उपसमितिमा आफ्नो नाम जोडिएको प्रती पत्रकार मोहन भट्टराईले आपती जनाएका छन ।
अरुले बैक खतामा जम्मा गरेको रकमको भौचर लिएर मूल समितिलाई बुझाउने उपसमितिमा नाम जोडिएको भन्दै पत्रकार मोहन भट्टराईले आपती जनाएको हो । नाम कसरी आयो र नाम राख्ने सम्बन्धमा कसलाई सोधियो ? त्यो आफुलाई थाहा नभएको जनाउँर्दै काम देखाउनकै लागि गठन भएको बेकामे उपसमितिमा आफू नरहेको भट्टराईले जनाएका छन ।
मोरङको पथरीशनिश्चरे नगरमा राहत दिन चाहने व्यक्ती तथा संघरसंस्थाको लागि एनआइसी एसिया बैंकमा खाता खोलिएको छ । राहत दिन चाहनेहरुले उक्त खातामा रकम जम्मा गर्दछन ।
सो को संयोजनको लागि किरोना भाइरस जोखिम न्यूनीकरण समन्वय नगर प्रमुखको संयोजकत्वमा, जनप्रतिनिधि, प्रहरी, निजी क्षेत्र, दुईवटा राजनीतिक, कर्मचारी समिती गठन भएको छ ।
राहत वितरणको लागि उपप्रमुख यमुना बिष्टको संयोजकत्वमा समिति गठन भएको छ । दुबै कामको लागि १० वटै वडामा समिती गठन भएर कृयाशील छ ।
नगरमा यसरी राहत संकलन र वितरण भइरहेको अवस्थामा काम देखाउन शिक्षक अर्जुन बुढाथोकी नेतृत्वमा गठन भएको काम नै नलाग्ने उपसमिती यस अघिनै विघटन भएको थियो ।
रकम दिन चाहने संस्था तथा व्यक्तीहरुले सिधै बैंकमा गएर वा मूल समितिमा आएर राहत जम्मा गर्दछन । राहत संकलनको लागि प्रोत्साहन गराउन मूल समिती आफै सकृय छदैछ ।
वन, सहकारी, शिक्षक, कर्मचारी, ब्यपारी, उधोग, मजदुर सबैको आआफ्नो सयभन्दा सस्था वा संगठनहरुको पनि साझा सस्थाहरु छन । त्यही सस्था वा साझा सस्थाहरु मार्फत राहत सिधै जम्मा गर्दै आएका छन ।
पन्चायत माबिको प्रधानाध्यापक अर्जुन बुढाथोकीको संयोजकत्वमा १५ सदस्यीय उपसमिति गठन भएको प्रचार भएको थियो । सो समितिको काम खातामा जम्मा गरेको रकमको भौचर दिएमा वा प्राप्त भएमा मूल समितिमा बुझाउने काम मात्र हुन्थ्यो । विभिन्न संस्थाहरुले त्यो भौचर पनि अर्जुन बुढाथोकीलाई नदिइ मूल समितिलाई नै दिनथालेपछी उपसमितीको काम नभएको हो ।
कोरोना भाइरस संक्रमणको बेला काम देखाउन जबरजस्ति काम देखाउन केही ब्यक्तीले मनोमानी ढंगले गठन गरेको उपसमिती विघटन भएको थियो ।