Warning: Constant DISALLOW_FILE_EDIT already defined in /home/nigaranitimes/public_html/wp-config.php on line 94
वडाको बजेटले प्रगतीचोक–खोरिया सडक निर्माण कार्य सुरु - Nigranitimes

वडाको बजेटले प्रगतीचोक–खोरिया सडक निर्माण कार्य सुरु

जेठ ११ गते, पथरी । डेढ दशक पछि वडा कार्यालयबाट बजेट विनियोजन भएपछि मोरङ कानेपोखरी –४, स्थीत प्रगतीचोक–खोरिया सडक निर्माण कार्य सुरु भएको छ ।

सो सडकलाई औपचारीकरुपमा शुक्रबार वडा सदस्य रोषन लामिछाने गुरुङले चुनाको धुलोले सडकको भाग रेखा लगाउँर्दै काम सुरु गरेको थियो । वडासदस्य गुरुङले यस पटक प्रगतीचोक–खोरिया सडक आधा मात्र बन्ने भएकोले अर्को आर्थिक बर्षमा पुरा गर्ने बताएका छन् ।

गुरुङचोक–फुटबल मैदान हुदै पथरीशनिश्चरे निस्कने सडक, नारायण चोक–जोगी कुटी सडक स्तरउन्नतीको लागी पहिलो प्राथमितामा रहेको वडासदस्य गुरुङले बताए । खडक बन्ने भएपछि त्यहाका स्थानीयमा खुशी भएका छन् ।

प्रगतीचोक–खोरिया सडक क्याम्पा चोक सम्म १५ सय मिटर छ । अहिले ७८८ मिटर बन्न भएको छ । सो सडक ३० फिट चौडाई, ग्राभेल १२ फुट चौडा र ५ इन्च उच्चाईको प्राविधिक स्टिमेटमा रहेको छ । वडा कार्यालयले आर्थिक बर्ष २०७६÷०७७ मा ४ लाख बजेट छुट्याएपछि स्थानीयहरुले १५ प्रतिशत रकम संकलन गरी सडक निमाण कार्यमा जुटेका छन् ।

डेढ दशक अघि सो सडकलाई हरि पौडेल नेतृत्वमा साविक वयरवन गाविसबाट ७० हजार रकम विनियोजन गरिदिएका थिए । सो रकमले १५ सय मिटरको सडकलाई आकार दिई ग्रोभेल गरिएको थियो ।

सम्बन्धित खवर