नगरको दुईवटा योजना अनुगमन्

असार ४ गते, पथरी । मोरङको पथरीशनिश्चरे नगर क्षेत्रमा सञ्चालन भएका योजनाहरुको अनुगमन् भएको छ । अनुमगनका क्रममा आज २ वटा निर्माणाधीन योजनाको अनुगमन् गरिएको छ ।

नगर उपप्रमुख एवम् अनुगमन् समिति संयोजक यमुना विष्ट वास्तोलाको नेतृत्वमा नगरको ८ लाख आर्थिक सहयोगमा वडा नम्वर ८ स्थित बुद्ध माविमा रहेको अधुरो भवनको पर्खाल तथा प्लाष्टरको निर्माणाधीन योजनाको अनुगमन् भएको छ ।

त्यस्तै, ८ नम्वर वडाकै सोमबारे बजारमा ट्रष्टमार्फत निर्माणाधीन पसल राख्ने टहराको पनि अनुगमन् भएको छ । प्रदेश १ सांसद कृष्णकुमारी राईमार्फत सांसद विकास कोषको १० लाख रुपैयाँमार्फत योजना अघि बढाइएको हो ।

सम्बन्धित खवर