राजा फर्काउने जुलुसमा प्रचण्डका कार्यकर्ता !

मंसिर २१ गते, काठमाडौं । गणतन्त्रबिरुद्ध राजा आउ देस बचाउ भन्दै देशभर गरिएको जुलुसमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डका भित्रिया कार्यकर्तासमेत सहभागी भएको भन्दै सामाजिक सञ्जालमा तस्विरहरु सार्वजनिक भएका छन ।

झापादेखि महेन्द्रनगरसम्म राजतन्त्र फर्काउनु पर्ने भन्दै गरिएको जुलुसको क्रममा अध्यक्ष प्रचण्डका गृहजिल्ला चितवनमै उहाँका भित्रिया कार्यकर्तासमेत जुलुसमा सहभागी भएको भन्दै आलोचना भएको हो । नेकपाका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री प्रचण्ड निकट पूर्वमाओवादीका एक नेता नै नेपालको झण्डा लिएर राजा आउ देश बचाउ भन्दै जुलुसको अग्र भागमा देखिएको भन्दै चितवनका नेकपाकै कार्यकर्ताले सामाजिक सञ्जालमा फोटो पोष्ट गरेका छन ।

नेकपाका कार्यकर्ता सुरेश कार्कीले प्रचण्डकै निर्वाचन क्षेत्र भरतपुर महानगरपालिका वडा नम्बर ११ का पूर्वमाओवादीका बरिष्ठ नेता राजावादीको जुलुसमा रहेको भन्दै फोटो पोष्ट गरेको हो ।

यस्तै सामाजिक सञ्जालमा नेपाली कांग्रेसको झण्डा नै लिएर राजतन्त्र जिन्दावादको नारा लगाउँदै हिडेको भन्दै भिडियो पनि पोष्ट भएको छ । त्यसो त पूर्वराजावादीले बुटवलको चार बर्ष अघिको फोटो राखेर राजतन्त्रको पक्षमा ब्यापक जनता सडकमा ओर्लिएको भन्दै जनतालाई भ्रमित पार्ने मिथ्या समाचारसमेत सम्पे्रशन गरेको पाइएको छ । सो तस्विर हिमानी शाहको पेजमा समेत पोष्ट गरिएको छ । – जनता टाईम्सबाट साभार

सम्बन्धित खवर