पुस १९ गते, बयरवन । चार जना दाजुभाईले आफ्नो स्वर्गीय पिताको स्मरण गर्दै १ लाख ५५ हजार लागतमा प्रतिक्षालय तथा मञ्च निर्माण गरी क्लबलाई हस्तान्तरण गरेका छन् ।
मोरङको कानेपोखरी –४, स्थित नारायण चोकका डम्बर, खम्बर, पदम र यज्ञ कटुवलले आफ्ना स्वः पिता सलबहादुर कटुवालको स्मरण गर्दै प्रतिक्षालय तथा मञ्च निर्माण गरी क्लबलाई हस्तान्तरण हो । स्वः सलबहादुरको २०७६ साल असोज २७ गते स्वर्गारोहण भएको थियो ।
कटुवाल परिवारले आइतबार एक कार्यक्रमको आयोजना गर्दै कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका अध्यक्ष ताराबहादुर काफ्लेले हस्तान्तरण–पत्र मातृभूमि समाज सेवा क्लबका अध्यक्ष निलम बहादुर बुढाथोकीलाई हस्तान्तरण गरेको थियो ।
क्लबले खोरिया स्थित झोलुङ्गे पुल–डाँस खोला छेउको भाग दुई दशक देखी खेल मैदान र बाँकी रहेको खाली जग्गामा विभिन्न जातका विरुवा रोपि संरक्षण गर्दै आएका छन् । खेल मैदानको पश्चिपटीको छेउको विच भागमा खेल तथा विभिन्न कार्यक्रमको आयोजना हुदाँ प्रयोगमा आउने गरी सो बराबर लागतमा मञ्च निर्माण गरिएको जेठो छोरा डम्बर कटुवालले बताए ।
कार्यक्रममा हस्तान्तरण–पत्र ग्रहण गर्दै क्लबका अध्यक्ष बुढाथोकीले यस खेलमैदानमा फुटबल प्रतियोगिता भईरहने भएकोले मैदानले मञ्च पाउँनु भाग्यमानी रहेको बताउँर्दै यसको संरक्षणमा र सम्वर्धन क्लबले गर्ने बताए । कार्यक्रमको विषय बस्तु माथि कटुवाल परिवारका तर्फबाट डम्बर कटुवालले प्रकाश पारेका थिए ।
देवीमाया कटुवालको सभापतीत्वमा भएको कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टि कानेपोखरी गाउँकमिटिका अध्यक्ष भोला अधिकारी, नेपाली कांग्रेस वडा सभापती भरत राई, वडा नंं ६ का वडाध्यक्ष खड्ग बस्नेत, वडा सदस्यहरु रोषन लामिछाने गुरुङ, शिव प्रसाद दुलाल र साउनी माझी लगाएत अतिथि रहेका थिए । कार्यक्रम संचालनमा नगेन्द्र बस्नेत रहेका थिए ।