१७ भदौ, कानेपोखरी । मोरङको कानेपोखरी–२ केरौन चोकमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सुरु भएको छ ।
श्रीराधाकृष्ण मन्दिर सेवा समितिको आयोजनामा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ मंगलबारबाट सुरु गरेको हो । उद्घाटन कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका उपाध्यक्ष भोला प्रसाद अधिकारीले दीप प्रज्वलन गरी सप्ताह ज्ञान महायज्ञको सुरु गरेको थियो । कार्यक्रममा कार्यपालिका सदस्य सुशिला श्रेठ विशिष्ट अतिथि रहेका थिए ।
महायज्ञमा कथावाचक गुरुहरु स्थानीय रहेका छन् । कथा प्रमुख वाचक दीपक दाहाल, स्याम गुरागाई, रामजी खतिवडा र भवानी सुवेदी लगाएत चारजना गुरुहरुले ७ दिन सम्म कथा प्रवचन गर्ने छ ।
महायज्ञ उद्घाटनको दिन स्थानीय भक्तजनहरुले विहान केरौन चोकदेखि चिसाङ खोला सम्म पुगेर जल ल्याएका थिए । २३ गतेसम्म चल्ने महायज्ञमा कथा प्रवचन, मण्डप पूजा, पाठ पारायण, आरती, कीर्तन एवं दिव्य झाँकीको प्रदर्शन एवं ज्ञानमञ्च, जन्मकथा, बाल लीला कथा सुदामा कथा, विवाह महोत्सव, दिव्य कथा, कलियुगको कथा, लाखबत्ती प्रज्वलन, दीप प्रज्वलन, दिव्य झाँकी प्रदर्शन लगाएतको कार्यक्रम रहेको महायज्ञ प्रमुख वाचक दीपक दाहालले बताए ।
सप्ताह ज्ञान महायज्ञमा जग्गा दान देखी लिएर ५ हजार ५५ रुपैया देखी २० हजार देखी माथी सम्म दानदाताहरु नगद दान गर्न सक्ने छ ।
महायज्ञमा संकलित केही रकम भदौ १० गते रसुवाको भोटेकोशी खोलामा आएको भिषण बाढीमा प्रभावित परिवारहरुलाई सहयोग गरिने आयोजकले जनाएको छ ।




प्रतिक्रिया