असार १८ गते, पथरी । लागयन्स क्लब अफ कानेपोखरीले आफ्नो स्थापना दिवसको अवसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । शुक्रकार विहान अएको कार्यक्रमको आयोजना गरी क्लबले वडा नं. ४ मा रहेको कानेपोखरी अस्पतालको परिसरमा वृक्षारोपण गरेको हो ।
वृक्षारोपण कार्यक्रममा गाउँपालिका अध्यक्ष ताराबहादुर काफ्ले र प्रमुख प्रशासकीय अधिकृत गायत्र श्रेष्ठ पनि सहभागी रहेका थिए । त्यसैगरी वडाध्यक्षहरु चरण गुरुङ र धनबहादुर राई, वडा सदस्य शिव दुलाल, एमाले गाउँपालिका अध्यक्ष दानबहादुर बस्नेत, क्लबका पूर्व प्रेसिडेन्ट गणेश सुवेदी, क्लबका पूर्व कोषाध्यक्ष, मनोज अधिकारी, अस्पताल इन्चार्ज ओमप्रकास राई लगाएतको उपस्थितमा वृक्षारोपण गरिएको प्रसिडेन्ट उमेश पौड्यालले बताए ।
अस्पतालको वरीपरी खाली जग्गामा वृक्षारोपण गरेका थिए । लायन्स क्लब अफ कानेपोखरीको व्यवस्थापनमा वृक्षारोपण कार्यक्रम भएको थियो । कार्यक्र सञ्चालन एविन्द्र पाठकका रहेको थियो भने स्वागत मन्तव्य अमरमणि धिमिरेले गरेका थिए ।४० पिन्ट रक्तदान संकलन
लायन्स क्लब अफ पथरीशनिश्चरे, लायन्स क्लब अफ कानेखोपरी र लायन्स क्लब योङ्ग हर्ट पथरीशनिश्चरेले स्थापना दिवसको अवसरमा विहिबार बृहत् रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
पथरी बजारमा भएको रक्तदान कार्यक्रममा ४० पिन्ट रगत संकलन भएको थियो । रेडक्रस जिल्ला मोरङ सहकार्यमा सम्पन्न भएको कार्यक्रममा लायन्स लिडर भगवतीदेवी कटुवालको नेतृत्वमा स्थानीय कमिटी गठन भएको पनि घोषणा गरिएको थियो ।