असार २० गते, बयरवन । मोरङको कानेपोखरीमा पाँच दिने पत्रकारिता र उद्घोषण कला सम्बन्धी तालिम समापन भएको छ ।
गाउँपालिकाको सहयोग र नेपाल आदिबासी जनजाति महासंघ कानेपोखरीको आयोजनामा भएको तालिम शनिबार समापन भएको हो ।
वडा नं. –२ मा रहेको आदिबासी जनजाति भवनमा भएको कार्यक्रम असार १५ देखि सुरु भएको थियो । यतीवास सामुदायिक संस्थाको समन्वयमा भएको तालिममा पत्रकारिता तर्फ २४ र उद्घोषण तर्फ २६ जना युवायुवतीहरुले सहभागिता जनाएको थियो ।
तालिमको सहजीकरण पत्रकारिता तर्फ नेपाल आदिबासी जनजाति पत्रकार महासंघ, फोनिज १ नम्बर प्रदेश समिति अध्यक्ष अर्जुन जम्नेली राई, पत्रकार उत्तम राई र उद्घोषण तर्फ संञ्चारकर्मी सञ्जु राईले गरेका थिए ।
कानेपोखरी गाउँपालिका प्रमुख ताराबहादुर काफ्लेको प्रमुख आतिथ्यमा भएको समापन कार्यक्रममा उपस्थित वडा नं. २ का वडाध्यक्ष तथा गाउँपालिका प्रवक्ता सुशिल बुढाथोकी, पालिकाको सामाजिक विकास प्रमुख तथा वडा नं. ६ का वडाध्यक्ष खड्गबहादुर बस्नेत, मगर संघ कानेपोखरीका प्रतिनिधि होम थापामगरले शुभकामना मन्तव्य दिएका थिए ।
गाउँपालिका अध्यक्ष काफ्ले लक्षित वर्गको लागि छुट्याइएको रकम अख्तियार दुरुपायोग अनुसन्धान आयोगले खरिद ऐन अनुसार टेन्डर प्रकृयाबाट मात्र खर्च गर्न सुझाव आएको बताए । सो पत्रको कारण लक्षित वर्गको लागि विनियोजित बजेट खर्च गर्न कठिन भइरहेको बताए ।
तालिमको सहजकर्ता अर्जुन जम्नेली राई र सञ्जु राईले तालिमलाई प्रभावकारी बनाउन मेहनतको साथ लागेको बताएका थिए । सहभागिको तर्फबाट चित्र मगर र धुर्ब राईले तालिम उपलब्धीमुलक भएको प्रतिकृया दिएका थिए ।
कार्यक्रममा फोनिज मोरङ जिल्ला अध्यक्ष दिनेश सुब्बा, नेपाल पत्रकार महासघ मोरङका उपाध्यक्ष मोहन भट्टराई, पूर्व सहसचिव शन्तोाष राई, राजवंशी सेवा समाजका नेता मनोज राजवंशी लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा सहभागिहरुलाई सहभागिताको प्रमाणपत्र वितरण भएको थियो । कार्यक्रम नेपाल आदिबासी जनजाति महासंघ समन्वय परिषद कानेपोखरीको अध्यक्ष भोजवीर माझीको सभापतित्वमा भएको थियो ।