Warning: Constant DISALLOW_FILE_EDIT already defined in /home/nigaranitimes/public_html/wp-config.php on line 94
प्रदेशको नाम किरात नाम राख्न प्रस्ताव - Nigranitimes

प्रदेशको नाम किरात नाम राख्न प्रस्ताव

कात्र्तिक २५ गते, विराटनगर । लामो समयदेखि लिम्बूवानजन्य संगठनहरुमा काम गनरेका नेताहरुले प्रदेश नम्बर १ को नाम किरात राख्न प्रस्ताव गरेका छन् ।

मंगलबार प्रदेशका नवनियुक्त मुख्यमन्त्री राजेन्द्र राईलाई विराटनगरमा भेटेर प्रदेश नम्बर १ को नाम किरात राख्न प्रस्ताव गरेका हुन । यसरी प्रस्ताव गर्नेहरुमा डिल्लि मिभक लिम्बू(तेन्धङ), डा. अशोक खुदाङ लिम्बू, नवीन किराती, ओमराज धामी लगायतका नेताहरु रहेका छन् ।

मुख्यमन्त्री राईलाई ज्ञापन पत्र बुझाउदै प्रदेशको नाम किरात राख्न प्रस्ताव गरेका हुन् । तेन्धङ मिभक लामो समय कुमार लिङ्देन, सञ्जुहाङ पालुङ्वा, कमल छाराहाङ लगायतका नेताहरुसँग संगठनको केन्द्रीय उपाध्यक्षसम्म भएर काम गरेका ब्यक्ति हुन् । नबीन किराती किरात वर्कस पार्टीको अध्यक्ष हुन् । यी नेताहरुले पछिल्लो सयम किरात मोर्चा गठन गरेर प्रदेशको नाम किरात राख्न पहल गर्दै आएका छन्।

इतिहासको काल खण्डमा किरात सभ्यता सुसम्पन्न भएको दावि गर्दै नेपाली राष्ट्रियताको जग भएको ध्यानआकर्षण पत्रमा उल्लेख छ । किराती समुदायको भाषा, लिपी, संस्कृतिको बिकास गर्न प्रदेशको मिक्लाजुङ गाउँपालिकाको टाँडीमा किरात मुन्धुम विश्व विद्यालय सञ्चालन गर्न लागिएकोले सहयोग गर्न प्रदेश सरकारसँग अनुरोध गरेको छ । विश्व विद्यालय सञ्चालन गर्न किरात विद्दत परिषद गठन भएर काम अगाडि बढाइएको उल्लेख छ ।

मुख्यमन्त्री राजेद्र राईले बहुपहिचानको आधारमा प्रदेशको नाम राख्न पहल गर्ने बताए । किरात मुन्धुम विश्व विद्यालयको हकमा प्रदेश सरकारले सकेको सहयोग गर्न बताए ।

सम्बन्धित खवर