मर्निङ् भेट्रानसलाई हराउँर्दै आयोजक सेमीफाइनलमा प्रवेश

कात्र्तिक २९ गते, जहदा । मोरङको कानेपोखरी—५, स्थित जहदाको रंगशालामा जारी ‘जहदा भेट्रानस गोल्डकप’ प्रतियोगिताको दोस्रो दिनको खेलमा आयोजक जहदा भेट्रानस एफसी विजय हुदै सेमीफाइनलमा प्रवेश गरेको छ ।

सोमबार भएको खेलमा आयोजक जहदाले मर्निङ भेट्रानस विराटनगरलाई शून्यको विरुद्ध २ गोलको अन्तरले विजय हुदै सेमीफाइनलमा प्रवेश गरेको हो । खेलको पहिलो हाफमा कुनै गोल हुन सकेन । जहदा भेट्रानस एफसीका नगेन लिम्बुले खेलको ३८ औं मिनेटमा १ गोल लगाएका थिए । त्यसैगरी खेलको ४५ औं मिनेटमा नगेन लिम्बुको पासमा रमेश गुरुङले पोष्ट नजिकैबाट अर्को गोल थप्दै टिमलाई बलियो बनाएका थिए ।

मर्निङ भेट्रानस विराटनगरले आयोजक तर्फ गोल र्फकाउने धेरै प्रयासहरु गरेता पनि विपक्षी टिमका गोल रक्षक र डिफेण्डरहरुले प्रयास असफल बनाईदिएका थिए । खेलको म्यान अफ द म्याच जहदा भेट्रानस एफसीका नगेन लिम्बु घोषित हुर्दै ट्रफी, मेडल र नगद १५ सय प्राप्त गरेका थिए । भोली मंगलबारको खेल विर्तामोड भेट्रानस एफसी र दमक लखनपुर भेट्रानस एफसी विच खेल हुने खेल आयोजक समितिका संयोजक डेनिम राईले बताए ।

जहदा भेट्रानस क्लबको आयोजना र नव प्रगतीशिल समाज सेवा क्लबको संरक्षकमा आयोजना भएको हो । प्रतियोगितामा विजेत टिमले १ लाख,११ ह्जार १ सय ११ रुपैया, ट्रफी,मेडल र प्रमाण पत्र र उपविजेताले ६५ हजार,५ सय ५५ रुपैया, ट्रफी,मेडल र प्रमाण पत्र प्रदान गरिने आयोजकले बताएका छन् ।

प्रत्येक खेलमा म्यान अफ द म्याच बापत पुरस्कार २५ सय र ट्रफी प्रदान गरिने भएको छ । म्यान अफ द सेरिज १ जनालाई ५ हजार, वेष्ट डिफेण्ड, वेष्ट गोलरक्षक, वेष्ट मिडफिल्डर र वेष्ट फरवाडलाई २५ सय, वेष्ट प्लेयर एक जनालाई ५ हजार सहित ट्रफीको पुरस्कारले खेल समापनको दिन सम्मान गर्ने भेट्रानस खेलाडी तथा ५ नम्बर वडाध्यक्ष चरण गुरुङले बताए ।

 

 

सम्बन्धित खवर