सनम रोक्का, मंसिर १३ गते, कानेपोखरी । चरम गुटबन्दी गर्दै एकलौटी ढंगबाट नेकपा माओवादी केन्द्र मोरङ कानेपोखरी गाउँ कमिटीको घोषणा गरेको भन्दै एक पक्षले गाउँ कमिटिबाट सामूहिक राजीनामा दिएका छन् ।
सर्वसहमती नभए लोकतान्त्रीक विधिबाट नेतृत्व चयनको बाटो हुदा हुर्दै जवरजस्ती कमिटी घोषणा गरेकोमा नेतृत्वको असहमती जनाउँर्दै १० जना नेताहरुले राजीनामा दिएको हो । उनिहरूले गठित कमिटीलाई अवैधानिक भन्दै नमान्ने पक्षमा रहेको र पुनः अधिबेशनको माग गर्दै विरोध जनाएका हुन ।
गाउँ कमिटीको जारी अधिवेशनबाट नेतृत्व परिवर्तनको चर्को आवाज उठिरहेको अवस्थामा गुटबन्दीबाट अध्यक्ष बनेका मनोज राजवंशीले नेतृत्व गरेको समूहले चरम गुटबन्दी गरेको कारण नव गठित गाउँ कमिटीबाट सामुहिक राजिनामा दिएको नेता जनक ढकालले बताए ।
राजिनामा दिनेहरुमा दुर्गा बहादुर कार्की, दिपेश लिम्बु, हरि मैनाली, जनक ढकाल, भिम नेपाल, स्वस्तिका फुयल, उषा ढकाल संग्रौला, टंक पाठक, बद्री प्रसाद पोख्रेल र गोबिन्द अधिकारी लगायतले राजिनामा दिएका हुन । उनिहरु अध्यक्ष लगाएत पदाधिकारीमा आकांक्षी रहेका थिए ।
पार्टीलाइ वैचारिक र संगठानिकरुपमा चलायमान बनाउँदै एक डिक्का बनाएर लैजानको लागि नेतृत्व परिवर्तन गर्ने विषयमा अधिकांश प्रनिनिधीहरुको जोड भएता पनि राजवंशीको व्यक्तीवादी चिन्तनका कारणले गुटमा रहेर काम गर्न नसिकिने भन्दैँ गाउँ कमिटी सदस्य पदबाट राजिनामा दिएको दिपेश लिम्बुले बताए ।
अधिवेशनबाट नव गठित पदाधिकारीहरू नियम विपरीत गुठबन्दीबाट चुनिएको भन्दै पुराना कार्यकर्ताहरूले बन्दसत्रको विरोध गरेका छ्न । बन्दसत्रका अधिकांश सदस्यहरुले सामुहिक राजिनामा पेश गरेर बन्दसत्र बहिष्कार गरेको अवस्थामा पदाधिकारी चयन गर्ने निर्वाचन समितीको प्रकृया अवैधानिक र गलत रहेको ठहर गर्दै ५५ सदस्य गाउँ कमिटीका सदस्यहरु मध्ये बहुमत सदस्यहरुको हस्ताक्षर संकलन गर्ने र २ सय २५ जना अधिवेशन प्रतिनिधीहरुको बहुमत सदस्यहरुको हस्ताक्षर अभियान चलाएर कानेपोखरीमा पुनः अधिवेशनको प्रकृयामा जाने दुर्गा बहादुर कार्कीले बताए ।