पथरीमा ३ महिने सिलाई कटाई तालिम सुरु

मंसिर २२ गते, पथरी । मोरङको पथरीशनिश्चरे नगरमा ३ महिने सिलाई कटाई तालिम सुरु भएको छ । नेपाल सरकारको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको सहयोगमा गौरी इन्टरनेशनल टेक्निकल एकडेमी काठमाडौंले सुरु गरेको हो ।

बुधबार वडा नम्बर २ मा आयोजित महिला लक्षित सिपमुलक कार्यक्रम अन्तर्गतको तालिमको नगर उपप्रमुख यमुना विष्ट वास्तोलाले उद्घाटन् गरेकी थिइ्न । उद्घाटन कार्यक्रममा उपमेयर विष्टले महिलाहरु आत्मनिर्भर बन्ने कुरामा सरकारी तबरबाट लगातार कार्यक्रम सञ्चालन भइरहनु महिलाहरुका लागि घर घरमै आएको अवसर भएको बताइन ।

कार्यक्रममा नगरको घरेलु उद्योग शाखा प्रमुख हेमचन्द्र दहाल सहितको सहभागिता रहेको थियो । तालिममा २० जनाको सहभागिता रहेको छ ।

 

सम्बन्धित खवर