पुस १२ गते, पथरी । नेपाल कम्यनिष्ट पार्टी(एमाले) पथरीशनिश्चरे ८ नम्बर वडाले ९ वटा टोल कमिटीमा आवद्धलाई पद तथा गोपिनियताको सपथ ग्रहण गरेका छन् ।
सोमबार दोहोलु शुक्रबारे बजारमा सम्पन्न कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य एवं मोरङ इञ्चार्ज विनोद ढकालले ९ वटा टोल कमिटीका १ सय ८९ जनालाई सपथग्रहण गराएको हो । कार्यक्रमका प्रमुख अतिथि जिल्ला केन्द्रिय सदस्य तथा जिल्ला इञ्चार्ज ढकालले पार्टी छोड्नेहरु प्रति संकेत गर्दै अव देशमा एमालेले पार्टीमा सुद्धिकरण भई नयाँ ढंगले जनलहर सिर्जना गरेर आगामी निर्वाचनमा आफ्नो वर्चस्व कायम राख्ने बताए । कार्यक्रममा केन्द्रीय सदस्य युवराज वास्कोटा सहितले वडामा नयाँ उर्जाका साथ काम गर्न शुभकामना व्यक्त गरेका थिए ।
वडा नम्बर ८ का पार्टी अध्यक्ष नवीनजंग कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला कमिटी सदस्य सन्तोष वान्तवा, क्षेत्रीय कमिटी सदस्य तथा नगर उपप्रमुख यमुना विष्ट वास्तोला, पार्टी नगर अध्यक्ष रमेश दाहाल सहितले शुभकामना मन्तव्य राखेका थिए । सो अवसरमा लामो समय सम्म पार्टीलाई सहयोग गर्दै आएका अपाङ्गता भएका व्यक्ति १२ जनालाई सम्मान पत्रले सम्मान गरेको छ ।