प्रेस चौतारी मोरङको अध्यक्षमा सुदीप कोइराला

पुस २९ गते, विराटनगर । प्रेस चौतारी मोरङको ८ औं जिल्ला अधिवेशनले अध्यक्ष पदमा सुदीप कोइराला सर्वसम्मत चयन भएको छ ।

विहिबार विराटनगरमा सम्पन्न जिल्ला अधिवेशनले कोइरालाको अध्यक्षमा २५ सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मत चयन भएको हो । अधिवेशनले उपाध्यक्षमा सन्तोष राई र चीना थापा, सचिवमा शशांक पौडेल, सहसचिवमा सुमन घिमिरे र अर्जुन राई र कोषाध्यक्षमा विद्यानन्द चौधरी चयन भएका छन् ।

त्यसैगरि सदस्यहरुमा राजकुमारी तामाङ, राजो उराव, भूपेन्द्र कटुवाल, भूमीप्रसाद पाठक, कृष्ण कोइराला, निशान्त ढुङ्गाना, मनोजकुमार महतो, सामना भट्टराई, हरिहर नेपाल, सम्जना चौधरी, इश्वर दुलाल, रोमा दाहाल, दिपेश खतिवडा, कृष्णचन्द्र सुवेदी, दिपेन्द्र थापा, खगेन्द्र चौहान, शुक्रराज राई र तिलक नेपाल चयन भएका थिए ।

जिल्ला अधिवेशनको अवसरमा जनार्दन मैनाली पत्रकारिता पुरस्कारबाट उर्लाबारीका पत्रकार जगन्नाथ भट्टराईलाई पुरस्कृत गरिएको छ । भट्टराईलाई नगद १५ हजार ५ सय सहित सम्मानित गरिएको थियो । कार्यक्रममा पुर्वअध्यक्ष विक्रम लुईटेल, रामचन्द्र अधिकारी, सल्लाहकार डिल्ली पोखरेललाई सम्मान गरिएको थियो ।

जिल्ला अधिवेशनको उद्घाटन कार्यक्रममा एमाले केन्द्रीय सदस्य तथा मोरङ इन्चार्ज विनोद ढकाल, प्रेस चौतारी नेपालका उपाध्यक्ष लीलाराज भट्टराई, प्रेस चौतारी नेपालका लेखा संयोजक विक्रम लुईटेल, नेकपा एमाले मोरङका उपाध्यक्ष बाबुराम कार्की, सचिव रुपेश खतिवडा, पत्रकार महासंघ मोरङका अध्यक्ष सञ्जीव खनाल, प्रेस सेन्टर मोरङका अध्यक्ष अर्जुन आचार्य, प्रेस मञ्च मोरङका अध्यक्ष मुकेश यादव लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । त्यसैगरी सञ्चार क्लब नेपालका अध्यक्ष नवराज भट्टराई र नेपाल आदिवासी जनजाती पत्रकार महासंघ(फोनिज)मोरङका अध्यक्ष दिनेश सुब्बा लिम्बु पनि अतिथि रहेका थिए ।

सम्बन्धित खवर