लङसिङ श्रेष्ठ
चैत २१ गते, केचना । मोरङको सुनवर्सी नगरपालिका–१, स्थित केचनामा जारी अन्तरपालिका स्तरीय फुटबल प्रतियोगिताको तेस्रो दिनको खेलमा कानेपोखरी फुटबल क्लबको सानदार जित भएको छ ।
सोमाबार भएको खेलमा केचना फुटबल क्बललाई शून्यको विरुद्ध ३ गोलको अन्तरले कानेपोखरी गाउँपालिका विजयी भएको हो । पहिलो हाफको १२ औं मिनेटमा कानेपोखरीका जर्सी नं. १० का सुसन लामाले फ्री किक मार्फत गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।
त्यस्तै खेलको २७ आंै मिनेटमा जर्सी नं. ३ का कप्तान डेनिम राईले थप एक गोल गर्दै २–० को अग्रता कायम गरेका थिए । त्यस्तै दोस्रो हाफको १५औं मिनेटमा कानेपोखरीका जर्सी नं. ७ का आसिस राईले अर्को गोल गरेका थिए । यो सगै केचना आयोजक बी ले ३–० को हार बेहोर्नु परेको थियो । खेलको म्यान अफ दि म्याच बिजेता टिमका तेस्रो गोलकर्ता आसिस राई घोसित भए । उनले नगद २५ सय, ट्रफी र मेडल प्राप्त गरेका थिए ।
भोलीको खेल टेन नवोदय र ईस्ट स्टार मधुमल्ला विच खेल हुने आयोजकले बताएका छन् । खेलमा सुन्दर हरैचा नगरपालिका, द रियल ब्रदर्श, आयोजक केचना फुटबल क्लब, कानेपोखरी फुटबल क्बल, उर्लाबारी फुटबल क्लब, डाँडिहाट फुटबल क्लब, केराबारी फुटबल क्लब, हिमाल युनाइटेड, टेन नवोदय, ईष्ट स्टार मधुमल्ला, आयोजक केचना फुटबल क्बल र गोर्खाली युनाइटेड रतुवामाई गरी जम्मा १२ वटा टिमले सहभागी जनाएका छन् ।
केचना फुटबल क्लबद्धारा आयोजित प्रतियोगिता चैत ३० गते सम्म चल्ने छ । प्रतियोगितामा विजेता टिमले १ लाख ५१ हजार, उपविजेताले १ लाख १० हजार साथमा ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन् । प्रतियोगितको प्रत्येक दिन म्यान अफ दि म्याचको पुरस्कार स्वरुप २५ सय, ट्रफी र मेडल प्रदान गरिने आयोजक हेमेश्वर राईले बताए ।
विद्यागत पुरस्कार खेल अवधिभर उत्कृष्ट खेलाडीलाई १० हजार, उत्कृष्ट गोलकिपरलाई ७ हजार, हाई स्कोलरलाई ७ हजार सहित ट्रफी, मेडल प्रदान गरिने र उत्कृष्ट चोकलाई मायाको चिनो र प्रमाण पत्र प्रदान गरिने आयोजकले जनाएको छ ।